शनिबार, फाल्गुन १०,२०८१ 07:38:46
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 07:38:46
IME remit
Global IME Bank Limited

नेप्सेमा वाइको कम्पनीको एकछत्र राज, निरीह बन्दै ब्रोकरहरु

Hyundai Nepal
नेप्सेमा वाइको कम्पनीको एकछत्र राज, निरीह बन्दै ब्रोकरहरु
Nabil Bank Limited

काठमाण्डौ । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले २०७५ सालमा नयाँ टीएमएसको उद्घाट्न गरेका थिए । त्यो समयमा सेयरबजार ११ सय विन्दुतिर चल्दै थियो । त्यसबेला दिनमा ५० करोडको कारोबार पनि ठूलो मानिन्थ्यो । त्यही समयमा नेप्सेले अबको ५ वर्षमा ५ लाख लगानीकर्ता हुन सक्ने प्रक्षेपण गरेको थियो ।

त्यस लगत्तै आएको कोरोना महामारीले यी सबै परिदृश्यहरु एकाकए बदलिदियो । सेयर बजारमा प्रवेश गर्ने लगानीकर्ताको संख्या ह्वात्तै बढ्यो । अहिले लगानीकर्ताको संख्या ६२ लाख पुगेको छ । नेप्सेका एक अधिकारी भन्छन्, ‘नेप्सेमा २२ अर्बको कारोबार हुन्छ भनेर त्यो समयमा कसैले पनि आँकलन गरेका थिएनन् । सेयको अभौतिकरण पनि त्यही समयमा नै चलेको थियो । त्यो समयमा कोभिड सँगसँगै कनेक्ट आईपीएस र सेयर कारोबार फस्टाउन पुगे ।

त्यस अघि कनेक्ट आईपीएसको प्रयोग त्यति धेरै  हुने गरेको थिएन । यसका प्रयोगकर्ता सीमित संख्यामा थिए । धेरैले चेकमार्फन नै कारोबार गर्थे भने नगद कारोबारलाई ब्रोकरहरुले पनि स्वीकार गर्थे ।  

तर जब कोभिडले भौतिक दूरी टाढा बनायो अनि अनलाइन व्यापार गर्नेहरुको व्यापार फस्टाउन थाल्यो । त्यहि समयमा आएको वाइको कम्पनीको टीएमएस अर्थात ट्रेड म्यानेजमेन्ट सिस्टमको हालसम्म पनि कुनै विकल्प नआउँदा नेप्सेमा वाइकोले एकछत्र राज गरिरहेको छ ।

कोरोना कालमा दैनिक २२ अर्ब कारोबार हुन थालेपछि ब्रोकरहरु पनि एकाएक ताते । कसैले आफ्नै टीएमएस ल्याउने र केहीले संयुक्त रुपमा ब्रोकरहरुको आफ्नै टीएमएस ल्याउने भनेर प्रति ब्रोकर ११ लाखको दरले ३३ वटा ब्रोकरले संयुक्त रुपमा डीजी हब कम्पनीमार्फत काम अगाडी बढायो । ब्रोकरहरुको नयाँ टीएमएसको लागि तत्कालिन धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुँगानाले २०७७ साल माघ माहिनामा नै एपिआइ पोलिसि दिएका थिए ।  

यस हिसाबले ब्रोकरहरुको नयाँ टीएमएस सुरु भएको साढे ३ वर्ष बितिसकेको छ । तर वाइको कम्पनीको टीएमएसको विकल्प दिन ब्रोकरहरुले अझै सकिरहेका छैनन् । यहाँ अनौठो विषय त के छ भने, ब्रोकरहरुले नै वाइको कम्पनीले धेरै शुल्क लिएको भनेर व्यापक गुनासो गरेको सुनिन्छ । अर्को रोचक विषय भनेको केही समय पहिले लगानीकर्ताहरुले ब्रोकर कमिसन घटाउने विषय उठाए पछि ब्रोकरहरुले पनि एक कदम अगाडि बढेर बाइको कम्पनीको कमिसन घटाउनु पर्ने भन्दै अर्थमन्त्रालयमा सुझाव नै दिएका थिए ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

नेप्सेका एक अधिाकारी भन्छन्,‘यसरी ब्रोकरहरु निरीह बन्दा वाइको कम्पनीको नेप्सेमा एक छत्र राज भयो । त्यो समयमा पनि वाइको कम्पनीलाई संधैको लागि टीएमएस चलाउने अनुमति दिइएको थिएन । यसका पनि समय अवधि हुन्छ । वाइकोको ठाउँमा अरु जुनै कम्पनी पनि खुल्ला प्रतिष्पर्धाबाट आउन सक्छ । जसले अहिलेको भन्दा सस्तो र चुस्त सेवा पनि दिन सक्छ । वाइको को विकल्पको विषयमा नेप्सेको बोर्डमा पनि आवज नउठेको भने होइन । तर विडम्बना के छ भने नेप्सेकै एक शक्तिकेन्द्र वाइको विकल्प चाँहदैन । त्यसेले ब्रोकरहरुको निरिहपन र वाइको कम्पनीको चातुर्यताले उसको नेप्समा एक छत्र रजाइ अझै धेरै बर्ष चल्ने देखिन्छ ।’

नयाँ टीएमएका लागि नेतृत्व गरेका स्टक ब्रोकर एसोशियसन अफ नेपालका निबर्तमान अध्यक्ष सन्तोष मैनाली भने टीएमएको प्रक्रिया अन्तिम चरणमा रहेको बताउँछन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.