बुधबार, चैत्र २०,२०८१ 12:53:20
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:53:20
IME remit
Global IME Bank Limited

लगातार तेस्रो दिन बढ्यो सेयर बजार, जानकार भन्छन्,‘ लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा’

Hyundai Nepal
लगातार तेस्रो दिन बढ्यो सेयर बजार, जानकार भन्छन्,‘ लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । यससँगै नेप्से लगातार तेस्रो दिन बढेको छ । आज नेप्से परिसूचक १४.८८ अंक अर्थात ०.७० प्रतिशतले बढेर २ हजार ११९.६१ बिन्दुमा पुगेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले बढेर ३८१.७१ बिन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३८६ कित्ता सेयर ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज बजार बढ्नुको कारणका बारेमा बजार जानकार सूर्य नारायण पौडेल भन्छन्,‘लगानीकर्तामा विस्तारै आत्मविश्वास बढेको छ । यद्यपी अझै पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । लगानीकर्ताले खुलेर लगानी गरेको अवस्था अझै छैन ।’

उनका अनुसार बैंकको रिपोर्टहरु खासै सुधारात्मक देखिएको छैन । लगानीकर्ताले मौद्रिक नीतिको समीक्षालाई कुरिहरहेका पनि  हुन सक्ने भएकाले खुलेर लगानी गर्न नसकिरहेको र बजार प्रतिरोधात्मक बिन्दुमा रहेको पौडेल बताउँछन् ।  

अर्का बजार जानकार प्रेम वली पनि बजार २१ सय माथि टिकेको कारण लगानीकर्ताको मनोबल बढेको बताउछन् । ‘सबै कुरा सकारात्मक छन् । तर बजार २२ सय ब्रेक गरेर जानलाई भने राष्ट्र बैंकले केहि नीतिमा खुकुलो गुर्नेपर्ने देखिन्छ ।’उनले भने    

यो दिन नेप्सेमा सूचीकृत ४ वटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा हरियाली छाएको छ । आज सबैभन्दा धेरै वृद्धि अन्य उपसूचक देखियो । आज अन्य उपसूचक ३.३६ प्रतिशतले बढ्यो ।  

त्यस्तै, विकास बैंक उपसूचक ०.३१ प्रतिशत,होटल १.५९, हाईड्रो १.४७, लगानी ०.६३,जीवन बीमा ०.३४, उत्पादन तथा प्रशोधन ०.६७ र म्युचुअल फण्ड ०.३६ प्रतिशतले बढे ।  

आज बैंकिङ,वित्त,लघुवित्त र निर्जीवन बीमा उपसूचकमा भने गिरावट आएको छ ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको ७५ करोड २७ लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै ङादी पावरको २२ करोड २० लाख,नेपाल पुनर्बीमा कम्पनीको २० करोड ७८ लाख,अरुण भ्याली हाईड्रोको १४ करोड ९७ लाख र युनाइटेड मोदी हाईड्रोको १३ करोड ४९ लाख बढीको कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज तीनवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज चन्द्रागिरी हिल्स,समाज लघुवित्त र रावा ईनर्जीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।  

त्यस्तै सिनर्जी इनर्जीको सेयरमूल्य ८.७२,सिंगटी हाईड्रोको ८.२३ र ग्रिनलाइफ हाईड्रोको सेयरमूल्य ७.९९ प्रतिशतले वृद्धि भएको छ ।  

आज मिड सोलु हाईड्रोको सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट देखिएको छ । आज यो कम्पनीको सेयरमूल्य ८.३५ प्रतिशतले घटेको छ । यो दिन गुराँस लघुवित्तको सेयरमूल्य ५.४८ प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको मूल्य ३.९० प्रतिशतले घटेको छ ।  

आज नेप्सेमा कारोबार भएका १५२ कम्पनीको सेयरभाउ बढेको छ भने ८५ वटाको सेयरमूल्यमा भने गिरावट आएको छ । १० वटा कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन आएन ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.