बुधबार, चैत्र २०,२०८१ 01:07:32
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:07:32
IME remit
Global IME Bank Limited

'टुँडिखेलमा देउवा–ओलीविरुद्ध नारा लाग्दा नेप्सेमा झट्का, ‘नेपाल बंगलादेश बन्नेसम्मको हल्ला चलाएर घटाइयो बजार'

Hyundai Nepal
'टुँडिखेलमा देउवा–ओलीविरुद्ध नारा लाग्दा नेप्सेमा झट्का, ‘नेपाल बंगलादेश बन्नेसम्मको हल्ला चलाएर घटाइयो बजार'
Nabil Bank Limited

काठमाण्डौ । यो साताको २ वटा कारोबारमै बजार करिब २ सय अंकले घटिसकेको छ । आइतबार करिब ८० अंकले घटेको सेयर बजारमा मंगलबार ११२ अंकले गिरावट आएको छ । बजार एक महिनाको अवधिमा एक हजार अंकले बढेको थियो । तर पछिल्लो समय सेयर बजारमा पुनःसत्ता समिकरण फेरिन सक्ने चर्चाका कारण सेयर बजारमा गिरावट आएको यस क्षेत्रका जानकारले बताएका छन् ।  

खासगरि,गत साता परराष्ट्रमन्त्री आरजु देउवा राणालाई भारतमा प्रधान्मन्त्री नरेन्द्र मोदिले दिएको भेटपछि नेपाली राजनीतिमा पुनः सत्ता समिकरणको बहस बढेर गएको छ । प्रायः नेपालबाट गएका परराष्ट्र मन्त्रीलाई भारतका प्रधानमन्त्रीले भेट दिने प्रचलन नरहेकोमा यसपटकको आरजु राणालाई भारतले दिएको महत्वलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

मोदिले आरजुलाई भेट दिनु र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले महिला प्रधानमन्त्री बनाउन चाहेको जस्ता अभिव्यक्तिले बजारमा थप आशंका उत्पन्न भएको छ ।  

सेयर बजार निकै तरल ठाँउ हो । जहाँ लगानीकर्ताहरु साना–साना समाचार तथा घटनाले पनि छिट्टै तरंगित हुने गर्छन । बजार जानकार अजय सिंह थापाका अनुसार सोमबार टुँडिखेलमा केही युवा लगानीकर्ताहरुले प्रधानमन्त्रीको विरोध गरेपछि नेपाल पनि बंगलादेशमा जस्तै हुने आशंकाका कारण पनि बजारमा आज तीव्र बिक्री दबाब देखिएको छ । उनी भन्छन् ‘लगानीकर्ताले स्थिर सरकारको अपेक्षामा व्यापार–व्यबसाय तथा सेयर बजारमा लगानी गर्ने गर्छन् । तर केही राजनीतिक अस्थिरता तथा अन्यौलता बढ्ने देखिएमा लगानीकर्ता आफ्नो लगानी झिकी हाल्छन् ।’  

सेक्योर्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) मा भेटिएका केही लगानीकर्ताहरुले पनि बजारमा पुनः नयाँ सत्ता समिकरण बन्ने हल्लाका कारण बजारमा गिरावट आएको दाबी गरे । यहाँ भेटिएका केही लगानीकर्ताहरुले भने अहिले नै राजनीतिक समिकरण फेरिने कुनै सम्भावना नरेको तर बजारमा केही खेलाडीेले चलखेल गरेकोसम्म तर्क गरे । सेक्योर्ड सेक्युरिटिजकै सञ्चालक सन्तोष मैनालीले पनि अहिले नै राजनीतिक परिवर्तन हुन नसक्ने र हल्लाको पछाडि नलाग्न लगानीकर्ताहरुलाई आग्रह गरे ।  

‘सरकारले सय दिनको हनिमून फेज पनि पार गरेको छैन । एक वर्षसम्म त सरकार जसरी पनि टिकि नै हाल्छ,’ उनले भने । यस्तै सेयर बजार चलखेल गर्ने उद्देश्यले नै घटाइएको ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरुले दाबी गरे ।

प्राइमो सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर १६) मा भेटिएका लगानीकर्ताहरुको भने बजारमा बिक्री दबाब आउनुमा अहिले चलेको नाडा अटो शो र केही व्यापारीहरुले दशैंको व्यापारका लागि नाफा बुक गर्नु मुख्य कारण रहेको बताए ।  

कालिका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४६)का सञ्चालक तथा स्टक ब्रोकर एसोशियसनका पूर्व अध्यक्ष समेत रहेका नरेन्द्र सिजापतिले अहिलेको करेक्सन स्वभाविक करेक्सन भएको बताए । ‘५० प्रतिशत बढेको बजारमा सानो तिनो करेक्नस आउनु सामान्य नै हो । बजार फेरि जसरी घट्यो त्यसरी नै बढ्छ । लगानीकर्ता आत्तिनु आबश्यक छैन,’ सिजापतिले भने ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.