मंगलवार, फाल्गुन ५,२०८२ 02:00:11
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 02:00:11
Bizshala
Global IME Bank Limited

यसरी सूरु भयो नेप्सेमा आन्दोलन, युनियन अध्यक्ष भन्छन्, ‘काखमा राखेर छुरा हान्ने काम भयो ’

यसरी सूरु भयो नेप्सेमा आन्दोलन, युनियन अध्यक्ष भन्छन्, ‘काखमा राखेर छुरा हान्ने काम भयो ’
Shivam Cement

काठमाण्डौ । अघिल्लो दिन अध्यक्ष र सीईओलाई कार्यकक्षमा नै बन्धक बनाएका नेप्सेका कर्मचारीहरु आज भने हातमा कालो पट्टी बाधेर काम गरेका थिए । अघिल्लो दिन पत्रकारदेखि सबैलाई प्रवेशद्धारमै रोकेका कर्मचारीहरु आज निकै खुलेको पाइयो । अघिल्लो दिन कर्मचारीहरुले गुपचुप रुपमा आफ्ना माग राखेका थिए । उनीहरुले नेप्सेका सीइओ र अध्यक्षसँगको राजीनामा माग गरेका छन् ।  

तर मंगलबार अध्यक्ष हेमन्त बस्याल र सीईओ चूणामणी चापागाइसँंगको छलफल एकाएक चर्काचर्कीमा परिणत भए पछि दिनभर नेप्सेको बतावरण तनावग्रस्त बनेको थियो । नेप्सेस्थित कर्मचारी युनियनका अध्यक्ष समेत रहेका नवराज थापाले भने ‘आज निकै खुलेर नेप्से अध्यक्ष र सीईओको विरोध र राजीनामा माग गरेका छौं ।’

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अघिल्लो सातासम्म सीईओ चापागाईको खुलेर प्रशंसा गरेका यूनियन अध्यक्ष थापाले आज भने उनको आलोचना गरे । उनले नेप्से सीईओ तथा अध्यक्ष कसैबाट परिचालीत भएको दाबी समेत गरे । उनले दुबैजना एमाले पार्टीबाट परिचालित भएको आरोप लगाए । ‘हामीले सीईओलाई आजसम्म सपोर्ट गरेकै हो । तर हामीलाई ओली शैलीमा नै सीईओले काखमा राखेर छुरा हाने । हामीलाई दुध भात खुवाउने जस्तो गरे । हामी निदाएको ठानेर सीईओले काखमा राखेर छुरा हाने ।’

उनीसँगै रहेका एक कर्मचारीले दुवै जना असक्षम र कमजोर कार्यक्षमता भएको व्यक्ति भएको आरोप लगाए । उनले थप्दै भने, ‘सीईओको नियुक्ति नै गैरकानूनि राजनीतिक पहुँचका आधारमा भएको हो । दुवैजना परिचालित र नेप्सेको अस्तित्व मेट्न आएका हुन् । त्यही कारण यिनिहरुलाई हाजिर गर्न दिने भन्ने बिषय नै हुन्न, सिधै राजीनामा नै हो ।’

उनले थपे ,‘सीईओको शब्द सापट लिने हो भने यिनिहरु ब्रम्हाण्डबाट परिचालित हुन् । हामीले सीईओ र अध्यक्षलाई अन्तर्राष्ट्रिय कानून र मानव अधिकारलाई पालना गर्दै हिजो आन्दोलन गरेका हौं । हाम्रो माग सामान्य नै थिए । पहिले हामी युनियन मात्रै गएका थियौं । तर अध्यक्ष एकाएक चर्किएपछि सबै कर्मचारीहरु एक भएर धर्ना दिएका हौं । उहाँहरुले पनि बाहिरका मान्छे पनि बोलाउनु भयो । त्यसपछि हामीले धर्ना दिएका हौ ।’

अपमान गरेको कारण धर्ना बस्न बाध्य भएको समेत उनले बताए । ‘सकेसम्म हामीले घरभित्रबाट नै समस्या समधान खोजेका थियौं । तर उहाँहरुले प्रवक्तालाई देखाएर पन्छिन खोज्नु भयो । दुवै जना तर्किन खोज्नु भयो,’उनले भने ।  

अर्की एक महिला कर्मचारीले सीईओ चापागाईले बाहिर समचार एउटा दिने तर कर्मचारीलाई पीडामा रखेको आरोप लगाइन् । उनीहरुले षडयन्त्र गर्न बोनसको बिषय उठाएको तर आफूहरुको माग त्यस्तो नभएको स्पष्ट पारिन् । कर्मचारीहरुले लगानीकर्ताहरुको अत्यावश्यक काम कालो पट्टी बाँधेर गर्ने बताए ।  

नेप्सेका अध्यक्ष हेमन्त बस्यालले कर्मचारीहरुले आफ्नो आवाज र माग उठाउनु स्वभाविक भएको बताए । उनले भने, ‘तर हामी त कानूनि प्रकृयामा चल्ने हो । कुनै वर्ष ५ प्रतिशत नै बोनस पनि थियो । कुनै वर्ष यो रोकेको पनि छ । अहिले श्रमअदालतले जिताएको हो । तर हामीले कार्यान्वयन गर्न फैसला कार्यान्वयन हुनु पर्छ । यदि फैसला कार्यान्वयन भएको खण्डमा कानूनी आधारमा हामीले उहाँहरुको सेवा सुविधामा कुनै पनि कटौति गर्न चाहेका छैनौ,’ उनले भने ।

उलने हालको समस्या समाधान पनि कानूनि प्रक्रियाबाटै हुने बताए । ‘सर्वोच्च अदालत नै अन्तिम कानूनि ब्याख्याकार हो । तर नेप्सेका कर्मचारीले भोली ११ बजेभित्रै हामीलाई यति सेवा सुविधा चाहिन्छ भन्ने विषय अर्थमन्त्रायको स्वीकृति र फैसला कार्यान्वयन नभएसम्म वैध हुनेछैन,’ उनले भने ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.