बिहीबार, श्रावण १४,२०८३ 11:19:23
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:19:23
Bizshala
Global IME Bank Limited

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘नाफा बुक र सामान्य करेक्सन’

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘नाफा बुक र सामान्य करेक्सन’
New Office

काठमाण्डौ । साताको चौथो  कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३४५ कम्पनीको ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज उत्पादन समूह र व्यापार समूहबाहेकका सबै समूहमा रातो पोतिएको छ । उत्पादन तथा प्रशोधन समूह ०.४८ प्रतिशत र व्यापार समूह ३.४५ प्रतिशतले बढेको छ ।  

सर्वाधिक घट्ने समूहमा भने विकास बैंक समूह रहेको छ । यो समूहको २.३२ प्रतिशलते घटेको छ । त्यस्तै, बैंकिङ समूहको १.४० प्रतिशत, फाइनान्स समूहको २.०९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०५ प्रतिशत, हाइड्रो समूहको ०.१६ प्रतिशत, लगानी समूहको ०.५३ प्रतिशत, जीवन बीमा समूहको १.३९ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.६४ प्रतिशत, म्युचुअल फण्ड समूहको १.६४ प्रतिशत, निर्जीवन बीमा समूहको १.१५ प्रतिशत र अन्य समूहको १.७० प्रतिशतले घटेको छ ।  

आजको बजारबारे सेयर लगानीकर्ता तथा प्राविधिक विश्लेषक सुवास चन्द्र ढुंगाना भन्छन्, ‘आजको बजारलाई सामान्य नाफा बुक र सामान्य करेक्सन नै मान्न सकिन्छ । यसअघि दुई दिन छाटो समयमा मार्केट सोचे भन्दा धेरै बढेकाले लगानीकर्ताहरुले हिजो र आज नाफा बुक गरेको मान्न सकिन्छ । बजारमा खासै प्यानिक सेलिङ देखिदैन । यदि बजार लगातार बढेर ३ हजार विन्दु पार गरेको भए ठूलो प्यानिक सेल आउन सक्थ्यो जसले मार्केटमा ठूलो करेक्सन देखिन सक्थ्यो । तर बजार बढ्दै यसरी सामान्य करेक्सन देखिदै ३ हजार माथि नाघ्यो भने बजार बल्ल सस्टेन हुन सक्छ । आजको यो सामान्य करेक्सनलाई राम्रै रुपमा लिन सकिन्छ ।’

सर्वाधिक कमाउने कम्पनी  

आज ६ कम्पनीको सेयरमा सरात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्सको सेयरभाउ र सुपर खुदी हाइड्रोपावरको सेयरभाउ १० प्रतिशतका दरले बढेर रिलायन्सको १८३०.१० रुपैयाँ र सुपर खुदीको ३३० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, सोलु हाइड्रोको ९.९९ प्रतिशत, भुजुङ्ग हाइड्रोपावरको ९.९९ प्रतिशत, होटल फरेस्ट इनको ९.९९ प्रतिशत, पन्चकन्या माई हाइड्रोपावरको ९.७७ प्रतिशत, विशाल बजार कम्पनीको ३.७७ प्रतिशत, मुक्तिनाथ डिबेञ्चरको ३.७६ प्रतिशत, हिमस्टार उर्जाको ३.७० प्रतिशत र एसवाई प्यानलको ३.४७ प्रतिशतले बढेको छ ।  

सर्वाधिक गुमाउने कम्पनी  

आज सर्वाधिक गुमाउने कम्पनीमा भने अभियान लघुवित्त रहेको छ । यो कम्पनीको सेयरभाउ ७.७४ प्रतिशतले घटेर १२६० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, सालपा विकास बैंकको ६.९९ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.७१ प्रतिशत, सिन्धु विकास बैंकको ६.०९ प्रतिशत, महुली लघुवित्तको ६.०२ प्रतिशत, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ४.५७ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको ४.३१ प्रतिशत, लिबर्टी इनर्जीको ४.१७ प्रतिशत, मेरो माइक्रोफाइनान्सको ३.७६ प्रतिशत र आरबीबी फोकस ४० को ३.५० प्रतिशतले घटेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.