एकदिन पनि टिकेन नेप्सेको बढोत्तरी, बैंकिङ समूहमा भने चमक
काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा कायम भएको छ ।नेप्सेमा सूचीकृत ३५९ कम्पनीको १ करोड ३ लाख ६८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बैंकिङ समूहबाहेक सबै समूह राताम्य भएका छन् । बैंकिङ समूह ०.०८ प्रतिशत बढ्दा सर्वाधिक घट्नेमा व्यापार समूह १.३८ प्रतिशत घटेको छ ।...

