बिहीबार, श्रावण १४,२०८३ 11:19:42
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:19:42
Bizshala
Global IME Bank Limited

सेयरबजारमा उच्च अंकको गिरावट, विज्ञ भन्छन्, ‘सम्पत्ति शुद्धीकरण अनुसन्धानको विषयले लगानीकर्ता तर्सिए'

सेयरबजारमा उच्च अंकको गिरावट, विज्ञ भन्छन्, ‘सम्पत्ति शुद्धीकरण अनुसन्धानको विषयले लगानीकर्ता तर्सिए'
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इन्डेक्स समेत १.६१ प्रतिशतले घटेको छ ।  

नेप्सेमा सूचीकृत ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  नेप्सेमा रहेका सबै समूहमा आज रातो पोतिएको छ । सर्वाधिक घट्ने समूहमा व्यापार समूह रहेको छ । यो समूहको २.५६ प्रतिशतले घटेको छ ।  

त्यस्तै, बैंकिङ समूह १.८६ प्रतिशत, विकास बैंक समूह  १.२४ प्रतिशत, फाइनान्स समूह २ प्रतिशत, होटल तथा पर्यटन समूह १.१८ प्रतिशत, हाइड्रोपावर समूह १.९३ प्रतिशत, लगानी समूह १.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२१ प्रतिशत, माइक्रोफाइनान्स समूह १.३० प्रतिशत, म्युचुअल फण्ड समूह ०.९८ प्रतिशत, निर्जीवन बीमा समूह १.८२ प्रतिशत र अन्य समूह २.१३ प्रतिशतले घटेको छ ।  

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल भन्छन्, ‘नयाँ सरकार गठन हुने वित्तिकै केही दलका नेताहरु धमाधम पक्राउ परे अर्थात् उनीहरुको सम्पत्ति छानबिन गर्ने विषयले सेयर लगानीकर्ताहरुमा थोरै मनोविज्ञान पक्षमा प्रभाव पारेको देखिन्छ, तर मार्केटको सिनारियो हेर्दा त्यसरी डराउनुपर्ने वा अत्तालिनुपर्ने अवस्था छैन । नेताहरुको सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्नका लागि प्रक्रिया अघि बढाउँदा केही सेयर लगानीकर्ताहरुलाई हाउँगुजी परेको हुन सक्छ । तर जसले निष्पक्ष रुपमा बैंकसँग लोन लिएर सेयरबजारमा लगानी गरेको हुन्छ उनीहरु डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन । जति पनि रकम अहिले सेयरबजारमा देखिएको छ, त्यो सबै ‘ह्वाइट मनि’ नै हुन् । लगानीकर्ताहरुले सेयर किनबेच गर्दा सरकारलाई ट्याक्स तिरेका छन् र पारदर्शी रुपमा सेयरबजारमा यसरी लगानी गरिरहेका छौं । यस्ता खालका समाचारहरुमा लगानीकर्ता त्रसित हुन जरुरी छैन, निर्धक्कसँग बजारमा लगानी गर्दा हुन्छ ।’

सर्वाधिक कमाउने शीर्ष १० कम्पनी  

आज ७ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक कमाउनेमा रिलायन्स स्पिनिङ मिल्सको सेयरभाउ १० प्रतिशतले बढेर २ हजार ४३५ रुपैयाँ ८० पैसा पुगेको छ ।  

त्यस्तै, भुजुङ्ग हाइड्रो, रिज लाइन इजर्नी, होटल फरेस्ट इनको १० प्रतिशतका दरले सेयरभाउ बढेको छ भने सुपर खुदी हाइड्रोको ९.९९ प्रतिशत, सूर्यकुण्ड हाइड्रोको ९.९८ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको ९.८३ प्रतिशतले सेयरभाउ बढेको छ ।

यसका साथै फरवार्ड माइक्रोफाइनान्सको ३.०७ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको २.९७ प्रतिशत र सामुदायिक लघुवित्तको २.८७ प्रतिशतले बढेको छ ।  

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक गुमाउने कम्पनीमा सोलु हाइड्रोपावर रहेको छ । यो कम्पनीको सेयरभाउ ७.७९ प्रतिशतले घटेर ६७५ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, युनिक नेपाल लघुवित्तको ७.२३ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको ६.८६ प्रतिशत, एनआइबीएल ग्रोथ फण्डको ५.५२ प्रतिशत, मल्टीपर्पस फाइनान्सको ४.९३ प्रतिशत, सान्जेन जलविद्युत कम्पनीको ४.०५ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९६ प्रतिशत, घलेम्दी हाइड्रोको ३.९१ प्रतिशत, खानीखोला हाइड्रोको ३.९० प्रतिशत र त्रिशुली जलविद्युत कम्पनीको ३.७६ प्रतिशतले घटेको छ ।  

सर्वाधिक कारोबार हुने कम्पनी

आज सर्वाधिक कारोबार हुने कम्पनीमा रिडी पावर कम्पनी रहेको छ । यो कम्पनीको आज मात्रै ६८ करोड ४१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

त्यस्तै, ङादी ग्रुप पावरको ४३ करोड ८१ लाख, शिवम् सिमेन्ट्सको ४३ करोड ८० लाख, अपि पावरको ३८ करोड ५६ लाख, नेशनल हाइड्रोपावरको ३७ करोड ८७ लाख, एसवाई प्यानलको ३३ करोड ७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ३१ करोड ९३ लाख, हिमालयन उर्जा विकास कम्पनीको ३१ करोड ६४ लाख, कुमारी बैंकको ३० करोड ७ लाख र आँखु खोला जलविद्युत कम्पनीको २८ करोड ४५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.