बुधबार, आश्विन २१,२०८३ 04:23:27
Bizshala
  • बुधबार, आश्विन २१,२०८३ 04:23:27
Bizshala
Global IME Bank Limited

एकदिन पनि टिकेन नेप्सेको बढोत्तरी, बैंकिङ समूहमा भने चमक

Bizshala
एकदिन पनि टिकेन नेप्सेको बढोत्तरी, बैंकिङ समूहमा भने चमक
New Office

काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत ३५९ कम्पनीको १ करोड ३ लाख ६८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज बैंकिङ समूहबाहेक सबै समूह राताम्य भएका छन् । बैंकिङ समूह ०.०८ प्रतिशत बढ्दा सर्वाधिक घट्नेमा व्यापार समूह १.३८ प्रतिशत घटेको छ ।  

त्यस्तै, विकास बैंक समूह ०.०९ प्रतिशत, फाइनान्स समूह ०.०९ प्रतिशत, होटल तथा पर्यटन समूह ०.०६ प्रतिशत, हाइड्रो समूह ०.०३ प्रतिशत, लगानी समूह ०.५५ प्रतिशत, जीवन बीमा समूह ०.२९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.७३ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.३९ प्रतिशत, म्युचुअल फण्ड समूह ०.१८ प्रतिशत, निर्जीवन बीमा समूह ०.६० प्रतिशत र अन्य समूह ०.३६ प्रशितले घटेको छ ।  

आजको बजारबारे सेयर लगानीकर्ता तथा जानकार निमानन्द कंडेल भन्छन्, ‘अझैपनि लगानीकर्ताहरुको कन्फिडेन्ट बढ्न सकिरहेको छैन । यो समयमा सेयरबजारलाई चाडपर्वसँगै क्लोजिङको पनि प्रेसर परेको छ । सरकारले पूँजीबजार सुधारको लागि विभिन्न खालका राम्रा नीति ल्याएपनि त्यसको कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने अन्योलतामा लगानीकर्ता छन् । सरकारले एकापट्टी राम्रो नीति ल्याएपनि अर्कातिर ठूला व्यवसायीलाई गरेको धरपकडले लगानीकर्ताको मनोबल अझै उच्च हुन सकेको छैन, जसकारण सेयरबजारमा अझै सुधारको संकेत देखिएको छैन ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आज सर्वाधिक कमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक कमाउने शीर्ष कम्पनीमा घलेम्दी हाइड्रो रहेको छ । यो कम्पनीको मूल्य ६.२५ प्रतिशत बढेर  २९६ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, एनआइसी एशिया ब्यालेन्स्ड फण्डको ५.८३ प्रतिशत, इङ्वा हाइड्रोको ४.८५ प्रतिशत, आइसीएफसी फाइनान्सको ४.७८ प्रतिशत, तमोर हाइड्रोको ३.६६ प्रतिशत, आरबीबी फोकस्ड ४० को३.५७ प्रतिशत, आरबीबी म्युचुअल फण्ड १ को ३.३३ प्रतिशत, गरिमा डिबेञ्चरको ३.२९ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.९९ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्डको २.९६ प्रतिशतले बढेको छ ।  

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक गुमाउने कम्पनीमा ग्लोबल आइएमई समुन्नत योजना–२ रहेको छ । यो फण्डको इकाईमूल्य ५.२६ प्रतिशतले घटेर ९ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, एबबिएल डिबेञ्चरको ४.४१ प्रतिशत, मेगा म्युचुअल फण्ड १ को ४.३६ प्रतिशत, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ३.६४ प्रतिशत, याम्बालिङ्ग हाइड्रोको ३.४२ प्रतिशत, माथिल्लो मैलुङ खोला हाइड्रो ३.३७ प्रतिशत, सिवाईसी नेपाल लघुवित्तको ३.२६ प्रतिशत, हिमालयन बैंक बण्डको ३ प्रतिशत, हाथवे इन्भेष्टमेन्ट २.८३ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको २.६६ प्रतिशतले घटेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.