मंगलवार, आश्विन १३,२०८३ 06:25:41
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:25:41
Bizshala
Global IME Bank Limited

२५.६३ अंकले घट्यो सेयर बजार, हाइड्रो र अन्य बाहेक सबै समूह राताम्मे

Bizshala
२५.६३ अंकले घट्यो सेयर बजार, हाइड्रो र अन्य बाहेक सबै समूह राताम्मे
New Office

काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार बजार २५.६३ अंकले घटेर २ हजार १३०.१८ विन्दुमा बन्द भएको छ । 

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७.४१ अंकले घटेर ३८६.२० विन्दुमा पुगेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर ७ अर्ब ६७ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज प्रकाशित बैंक तथा वित्तीय संस्थाहरुको दोस्रो त्रैमासिक विवरण लगानीकर्ताहरुको अपेक्षा अनुसार आउन नसक्दा बजार घटेको हो ।

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्, ‘आज सार्बजनिक बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासिक विवरणले गर्दा बजार घटेको हो, र बजारमा लगानीकर्ताको सेन्टिमेन्ट पनि ग्याप फिल गर्न आउँछ भन्ने छ,त्यो भनेको २ हजार १२० विन्दुसम्म हुन सक्दछ र अर्को भनेको २ हजार १५५ विन्दुसम्म पनि हुन सक्दछ ।यो अहिलेको करेक्सन भनेको अल्पकालिन वियरिस र नाफा बुक मात्रै हो ।’

उनका अनुसार अबैको एक/दुई कारोबारबाट बजार पुन : फर्किन सक्छ।अन्यथा बजार आउने साताबाट मात्रै फर्किन पनि सक्छ ।

अर्का बजार जानकार विरेन्द्र विष्टले आजको बजार घटाईलाई नाफा बुक भएको बताउँछन् । 

उनी भन्छन्, ‘ सबैतिर सकारात्मक माहोल भएकाले बढीमा एकदुई दिन मात्र करेक्सन आउँछ, केहि दिनपछि बजार सम्हालिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये अन्य र हाइड्रोपावर समूह बाहेक अरु सबै समूहमा रातो पोतिएको छ । यो दिन अन्य समूह १.३८ प्रतिशतले बढेको छ । 

यसैगरी, यो दिन सबैभन्दा बढी विकास बैंक समूह घटेको छ । यो समूह २.६१ प्रतिशतले घटेको  छ।त्यस्तै, वित्त समूह २.५५ प्रतिशतले घटेको छ। यस्तै बैंकिङ समूह २.४२प्रतिशतले घटेको छ ।त्यस्तै लगानी समूह १.९५ प्रतिशतले घटेको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । उक्त कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस्तै दोस्रोमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी रहेको  छ। 

उक्त कम्पनीको २२ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।यसैगरी, अपी पावर कम्पनीको २० करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै नेपाल रिइन्स्योरेन्सको २०करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने सोनापुर मिनरल्स एन्ड आयलको १९ करोड ८८लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

।

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन तीन वटा अलग अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको  छ। जसमा आँखुखोला हाइड्रोपावर कम्पनी,समाज लघुवित्त वित्तीय संस्था,हिमालयन लघुवित्त वित्तीय संस्था रहेका छन् । 

यसैगरी,मीड सोलु हाइड्रोपावरको सेयरमूल्य ९.७८ प्रतिशतले बढेको  छ। त्यसैगरी यो दिन सीईडीबी हाइड्रोपावरको सेयरमूल्य ८.२७ प्रतिशतले घटेको छ । 

त्यस्तै मोलुङ हाइड्रोपावरको सेयरमूल्य ७.२६प्रतिशतले घटेको छ । त्यस्तै बाराही हाइड्रोपावरको सेयरमूल्य ६.२५ प्रतिशतले घटेको छ ।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.