काठमाण्डौ । हाल नेप्सेमा ६२ लाख ६८ हजार १०९ वटा डिम्याट खाता रहेका छन् । जसमा मेरो सेयर लिनेको संख्या ३५ लाख ७६ हजार ३७९ पुगेको छ । नेप्सेले उपलब्ध गराएको तथ्यांकअनुसार हाल नेप्सेको टीएमएस सेवा लिएर अनलाईनमार्फत सेयर कारोबार गर्नेको संख्या २१ लाख ९५ हजार ९९९ पुगेको छ । यो संख्या कुल डिम्याट खाताको ३५ प्रतिशत हुन आउँछ ।
यस्तै अफलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या १५ लाख २४ हजार ४४६ रहेको छ । अनलाइनमार्फत कारोबार गर्ने कुल संख्या २१ लाख ९५ हजारमा २० लाख ५३ हजार ४०२ सक्रिय लगानीकर्ता रहेका छन् । यस आधारमा दोस्रो बजारमा टीएमएस लिएर अनलाइन कारोबार गर्ने सक्रिय लगानीकर्ताको संख्या ९० प्रतिशत पुगेको छ ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार एक वर्षभित्र एक पटक टीएमएस चलाउने लगानीकर्तालाई सक्रिय लगानीकर्ताको रुपमा लिइएको छ । यस्ता सक्रिय लगानीकर्ता भनेको एक वर्षमा एक पटक टीएमएस चलाउने अथवा दैनिक चलाउने दुबै खालका लगानीकर्ता पर्छन ।
हाल नेप्सेमा व्यक्तिगत लगानीकर्ताको संख्या ३७ लाख ११ हजार ८९५ जना रहेका छन । त्यसैगरि संस्थागत लगानीकर्ताको संख्या ८ हजार १०८ पुगेको छ ।