अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या करिब २२ लाख पुग्यो, ९० प्रतिशत सक्रिय
काठमाण्डौ । हाल नेप्सेमा ६२ लाख ६८ हजार १०९ वटा डिम्याट खाता रहेका छन् । जसमा मेरो सेयर लिनेको संख्या ३५ लाख ७६ हजार ३७९ पुगेको छ । नेप्सेले उपलब्ध गराएको तथ्यांकअनुसार हाल नेप्सेको टीएमएस सेवा लिएर अनलाईनमार्फत सेयर कारोबार गर्नेको संख्या २१ लाख ९५ हजार ९९९ पुगेको छ । यो संख्या कुल डिम्याट खाताको ३५ प्रतिशत हुन आउँछ । यस्तै अफलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या १५ लाख...