बिहीबार, चैत्र २१,२०८१ 21:26:59
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:11:59
IME remit
Global IME Bank Limited

धितोपत्र बजार सम्बद्ध ३ वटै नियामक निकायका प्रमुखहरु विदेश भ्रमणमा, अर्थको भने सधैं दादागिरी

Hyundai Nepal
धितोपत्र बजार सम्बद्ध ३ वटै नियामक निकायका प्रमुखहरु विदेश भ्रमणमा, अर्थको भने सधैं दादागिरी
Nabil Bank Limited

काठमाण्डौ । पूँजीबजारका तीन वटै नियामक निकायका प्रमुखहरु एकैपटक विदेश सयरमा रहेका छन् । धितोपत्र बोर्डबाट बोर्ड अध्यक्ष महेश बराल , प्रबक्ता डा. नवराज अधिकारी र पूर्व सुचना अधिकारी तेज प्रसाद देवकोटा हाल भारत भ्रमणमा रहेका छन् ।

हाल सूचना अधिकारीको जिम्मा दीपा दाहललाई दिइएको छ । उनी पनि यहि टोलीमा विदेश भ्रमणमा नै रहेको स्रोतले जानकारी दिएको छ । अहिले धितोपत्र बोर्डको विषयमा सूचना लिन परेमा कसैलाई पनि फोन सम्पर्क हुन सक्दैन ।

यहि समयमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र प्रविणा पन्धक पनि काजकिस्तानको भ्रमणमा रहेका छन् । सीडीएससीबाट सुरेश न्यौपाने सीडीएसीकै तालिमको लागि काजकिस्तान भ्रमणमा रहेका छन् ।  

Shivam Cement
Bizshala
CG Motors

नियामक निकायका प्रमुख बिदेश जानु नराम्रो विषय भने होइन तर उनीहरुले बिदेशबाट सिकेर फर्केपश्चात हासिल गरेका ज्ञानलाई नेपालको बजारमा लागू गर्न सके त्यो सही अर्थमा उपलब्धिपूर्ण हुन्छ । तर नेपालका नियामकका पदाधिकारीहरुको भ्रमण केवल भ्रमणमै मात्र सिमित बन्ने गरेको पाइन्छ ।  

उनीहरुले विदेशबाट सिकेका पाठहरु नेपाली बजारमा उतार्न सकेको भए नेपालको पूँजीबजारले अहिले सम्म ठूलै फड्को मार्नु पर्ने हो । बजारको अवस्थालाई हेर्दा यस्ता विदेश भ्रमणको उपलब्धि शुन्यःप्राय हुने गरेको पाइन्छ । बजारमा न त कुनै नौलो प्रडक्ट आउन सकेको छ न त नियामकिय सुधार नै ।  

लामो समयदेखि आउने भनेको नेप्से ३० करिब–करिब नआउने निश्चित भएको छ । छिमेकी मुलुक भारतमा संसारमा नै हुन नसकेको टी प्लस १ कार्यान्वयमा आएको छ । तर नेपालमा टी प्लस २ मुश्किलले लागू भएको छ । अन्य प्रडक्ट इन्ट्रा डे कारोबार, फ्यूचर तथा अप्सन  मार्केट, डेरिभेटिभ मार्केट,कमोडिटी मार्केट, अक्सन मार्केट जस्ता विषय नेपाली लगानीकर्ताले पाउनु भनेको त आकाशको फल आँखातरी मर जस्तै हो ।  

नेपालमा अक्सन मार्केट नहुँदा लगानीकर्ताहरुले भुल बस बेचेको सेयर करोडौ रुपैयाँ क्लोजआउट तिर्दै आएको ब्रोकरहरु बताउँछन् ।  

यहाँ तालुकदार अर्थ मन्त्रलायको कथा पनि कम रोचक छैन । विदेश भ्रमणमा संधै दादागिरि देखाउने यस मन्त्रालयका अधिकारीले आफ्ना मान्छेलाई भ्रमणमा समाबेश नगर्ने हो भने भ्रमण नै स्वीकृत नगर्नेसम्मको धम्कि दिने गरेको धितोपत्र बोर्ड तथा नेप्सेका उच्च अधिकारी बताउँछन् ।  

‘कुनै काम गर्नु परे फाइल संधै घर्रामै हराउँछन तर विदेश भ्रमणमा भने अर्थमन्त्रालयका अधिकारी समाबेश नगर्ने हो भने भ्रमण स्वीकृति नै हुन्न,’ नियामक निकायका एक अधिकारीले भने ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.