डेटा सेन्टरमा विद्युत आपूर्ति बन्द हुँदा ६६ लाख सेयर लगानीकर्ता मारमा, कहिलेसम्म होला समस्या समाधान ?
काठमाण्डौ । पूतलीसडक स्थित गूठीको भवनमा बसेको सीडीएससीमा आज बिहानदेखि विद्युत आपूर्ति बन्द भएको छ । यही कारण आज दिन भर मेरो सेयर र सीडीएससीको सर्भर बन्द भएको छ । जस कारण पूँजीबजारका ६६ लाख लगानीकर्ता मारमा परेका छन् । एक ब्रोकरले अब यही कारण सेटलमेन्ट एक दुई दिन ढिला हुनसक्ने प्रतिक्रिया दिए ।