काठमाण्डौ । सेयर बजारका लागि आज यो वर्षको अन्तिम कारोबार दिन हुने भएको छ । भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व इदउल फित्र(इद)को अवसरमा सरकारले बिदा दिने निर्णय गरेसँगै आज वर्षको अन्तिम कारोबार दिन हुने भएको हो ।
नेप्सेले १९३४.४८ विन्दुबाट यो वर्षको सुरुवात गरेको थियो । आज नेप्से परिसूचक १०.३० अंकले घटेर २०२५.७० विन्दुमा सीमित भएको छ । यसरी एक वर्षको अन्तरालमा सेयरबजारमा जम्मा ९१.२२ अंकको मात्रै वृद्धि देखिएको छ ।
यो वर्षभरी नै सेयर बजार उचारचढाव पूर्ण रह्यो । राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सीमा, पूँजी बजारमा विविधिकरणको अभाव,संस्थागत लगानीकर्ताको अभाव र राष्ट्र बैंकको नीति बाधक बन्दा पछिल्लो समय सेयर बजारका खासै आकर्षण देखिएको छैन ।