शुक्रबार, असार २०,२०८२ 05:59:24
  • शुक्रबार, असार २०,२०८२ 05:59:24
Global IME Bank Limited

नेप्सेको अध्यक्ष पद पनि पेचिलो बन्दै : अझै पठाएन अर्थ मन्त्रालयले, सीईओ चापागाई तनावमा

Hyundai Nepal
नेप्सेको अध्यक्ष पद पनि पेचिलो बन्दै : अझै पठाएन अर्थ मन्त्रालयले, सीईओ चापागाई तनावमा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा लामो समय बितिसक्दा पनि नेपाल सरकार अर्थ मन्त्रालयले अध्यक्ष चयन गरेर पठाउन सकेको छैन । नेप्सेमा अर्थ मन्त्रालयबाट सहसचिव अध्यक्ष रहने व्यबस्था रहेको छ ।  

अध्यक्ष अभावका कारण नेप्सेमा नियमित काम बाहेक अन्य केही काम हुन सकेको छैन । आफू प्रमूख कार्यकारी अधिकृत भएर आएको तिन महिना बितिसक्दा पनि केही काम हुन नसकेपछि नेप्सेका नयाँ सीईओ चुणामणी चापागाई भने तनावमा पर्न थालेका छन् । सीइओ नियुक्ती भए पछि निकै उत्साहका साथ नेप्सेमा काम देखाउने बताँउँदै आएका चापगाई अहिले सरकारी पारा देखेर जिल्ल परेको स्रोतले बतायो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उनी नियुक्त भएर आएदेखि नै नेप्से अध्यक्षविहिन रहेको छ । यस अघिका अध्यक्ष शोभाकान्त पौडेल महालेखा नियन्त्रकको जिम्मेबारीमा सरुवा भएका छन् । नयाँ आर्थिक वर्ष लाग्दै गर्दा नेप्सेले नीति तथा कार्यक्रम पारित गर्नुपर्ने हुन्छ । तर लामो समय देखि नेप्से अध्यक्ष विहिन हुँदा नेप्सेले निति तथा कार्यक्रम ल्याउन सकेको छैन ।  

त्यसैगरि यस अघि तयार भएको एसएमई प्लेटफर्म पनि अन्यौलमा नै रहेको छ । अर्थ मन्त्रालयस्थित स्रोतले दिएको जानकारी अनुसार अर्थ मन्त्रालयका सह–सचिबहरुमा को अध्यक्ष बनेर जाने भन्ने हानथापकै कारण अर्थमन्त्रीले नेप्सेमा अध्यक्ष नियुक्त गर्न सकेका छैनन् । पछिल्लोपटक नेप्सेको पुनर्संरचना तथा नयाँ स्टक एक्सेचेञ्जको विषयले नेप्सेको अध्यक्षको पद पनि पेचिलो बन्दै गएको छ । त्यसैगरि, नेप्सेको अध्यक्ष बेला मौकामा विदेश भ्रमण पनि जान पाउने भएका कारण पनि नेप्सेको अध्यक्ष पद पेचिलो बन्दै गएको छ ।  

यसअघि धितोपत्र बोर्डका अध्यक्ष एक वर्ष भन्दा बढी र नेप्सेको सीईओ ६ महिना खाली रहेको थियो । अहिले नेप्सेको अध्यक्ष लामो समयदेखि खाली रहँदै आएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.