आईतवार, बैशाख ६,२०८३ 08:27:13
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:27:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा सीईओ नभएता पनि धमाधम काम गर्दै कामु सीईओ, अघि बढ्यो ‘एसएमइ प्लेटफर्म’

Bizshala
नेप्सेमा सीईओ नभएता पनि धमाधम काम गर्दै कामु सीईओ, अघि बढ्यो ‘एसएमइ प्लेटफर्म’
Shivam Cement

काठमाण्डौ। नेप्से हाल २ महिनादेखि प्रमुख कार्यकारी अधिकृत(सीईओ)बिहिन रहेको छ । सरकारले यस विषयमा पाँच जनाको नाम सर्ट लिष्टिङ पनि गरिसकेको छ । तर नेप्सेमा सीईओ नभएता पनि कामु सीइओले भने केही उल्लेखनिय काम गरेका छन् । हालका कामु सीईओ निरञ्जन फुँयालले कारोबारको अन्तिम १५ मिनेटलाई औषत मूल्य निर्धारण गर्ने काम आजदेखि सुरु भईसकेको छ ।  

त्यसैगरि, एसएमई प्लेटफर्मको विषयमा पनि विनियमावली बनाउने काम सकिएको फुँयालले जानकारी दिए । उनका अनुसार ४३ पुष्ठको निर्देशिका तयार भएको छ । अब धितोपत्र बोर्डले स्वीकृति दिएपछि सफ्वेयर खरिदसम्बन्धी काम अघि बढ्नेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

एसएमईसम्बन्धी नियमावली लागू भएसँगै २५ करोड रुपैयाँभन्दा कम चुक्तापूँजी भएका सार्वजनिक निष्कासन गर्नेछन् । यस्ता कम्पनीहरुलाई चुक्तापूँजीको ३० देखि ४९ प्रतिशतसम्म सर्वसाधारण्मा आईपीओ जारी गर्न दिइने व्यवस्था गरिएको छ ।

नियमावली अनुसार लगातार ३ वर्षसम्म नाफामा रहेका एसएमई कम्पनीले प्रिमियम मूल्यमा समेत आईपीओ जारी गर्न पाउनेछन् । कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्कासन गर्नु पूर्व प्रारम्भिक सार्वजनिक निष्कासन गरिने धितोपत्रको ५ प्रतिशत सोको निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्ने मर्चेन्ट बैङ्करले र १५ प्रतिशत योग्य संस्थागत लगानीकर्ताले खरिद गरेको हुनु पर्नेछ ।

CG Motors
Garima Development Bank
IME remit

आईपीओ जारी गर्दा क्रेडिट रेटिङ्ग गर्न बोर्डले निर्देशन दिन सक्नेछ । बोर्डले सङ्गठित संस्थाको क्रेडिट रेटिङ्ग गर्न आवश्यक देखेमा यस नियमावली बमोजिम धितोपत्रको सार्वजनिक निष्कासन गर्नुपूर्व क्रेडिट रेटिङ्ग गर्ने संस्थामार्फत् क्रेडिट रेटिङ्ग गराउन सङ्गठित संस्थालाई निर्देशन दिन सक्नेछ ।

यस्तै बोर्डबाट धितोपत्रको सार्वजनिक निष्कासन सम्बन्धी व्यवस्था तथा विवरण स्वीकृत भएको मितिबाट दुई महिनाभित्र संस्थाले धितोपत्रको बिक्री खुला गरिसक्नु पर्नेछ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.