काठमाण्डौ। नेप्से हाल २ महिनादेखि प्रमुख कार्यकारी अधिकृत(सीईओ)बिहिन रहेको छ । सरकारले यस विषयमा पाँच जनाको नाम सर्ट लिष्टिङ पनि गरिसकेको छ । तर नेप्सेमा सीईओ नभएता पनि कामु सीइओले भने केही उल्लेखनिय काम गरेका छन् । हालका कामु सीईओ निरञ्जन फुँयालले कारोबारको अन्तिम १५ मिनेटलाई औषत मूल्य निर्धारण गर्ने काम आजदेखि सुरु भईसकेको छ ।
त्यसैगरि, एसएमई प्लेटफर्मको विषयमा पनि विनियमावली बनाउने काम सकिएको फुँयालले जानकारी दिए । उनका अनुसार ४३ पुष्ठको निर्देशिका तयार भएको छ । अब धितोपत्र बोर्डले स्वीकृति दिएपछि सफ्वेयर खरिदसम्बन्धी काम अघि बढ्नेछ ।
एसएमईसम्बन्धी नियमावली लागू भएसँगै २५ करोड रुपैयाँभन्दा कम चुक्तापूँजी भएका सार्वजनिक निष्कासन गर्नेछन् । यस्ता कम्पनीहरुलाई चुक्तापूँजीको ३० देखि ४९ प्रतिशतसम्म सर्वसाधारण्मा आईपीओ जारी गर्न दिइने व्यवस्था गरिएको छ ।
नियमावली अनुसार लगातार ३ वर्षसम्म नाफामा रहेका एसएमई कम्पनीले प्रिमियम मूल्यमा समेत आईपीओ जारी गर्न पाउनेछन् । कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्कासन गर्नु पूर्व प्रारम्भिक सार्वजनिक निष्कासन गरिने धितोपत्रको ५ प्रतिशत सोको निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्ने मर्चेन्ट बैङ्करले र १५ प्रतिशत योग्य संस्थागत लगानीकर्ताले खरिद गरेको हुनु पर्नेछ ।
आईपीओ जारी गर्दा क्रेडिट रेटिङ्ग गर्न बोर्डले निर्देशन दिन सक्नेछ । बोर्डले सङ्गठित संस्थाको क्रेडिट रेटिङ्ग गर्न आवश्यक देखेमा यस नियमावली बमोजिम धितोपत्रको सार्वजनिक निष्कासन गर्नुपूर्व क्रेडिट रेटिङ्ग गर्ने संस्थामार्फत् क्रेडिट रेटिङ्ग गराउन सङ्गठित संस्थालाई निर्देशन दिन सक्नेछ ।
यस्तै बोर्डबाट धितोपत्रको सार्वजनिक निष्कासन सम्बन्धी व्यवस्था तथा विवरण स्वीकृत भएको मितिबाट दुई महिनाभित्र संस्थाले धितोपत्रको बिक्री खुला गरिसक्नु पर्नेछ ।