सोमबार, फाल्गुन ४,२०८२ 12:15:50
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:15:50
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनपश्चात बढेको निराशालाई आशामा बदल्ने निजी क्षेत्रको संयुक्त घोषणा

जेनजी आन्दोलनपश्चात बढेको निराशालाई आशामा बदल्ने निजी क्षेत्रको संयुक्त घोषणा
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)को संयोजनमा नेपालको निजी क्षेत्रका छाता संगठनका शीर्ष नेतृत्व बीच देशको वर्तमान राजनीतिक, सामाजिक एवं आर्थिक परिस्थिति, निजी क्षेत्रको योगदान र आगामी कार्यदिशाबारे गहन छलफल सम्पन्न भएको छ । विशेषगरी गत भदौ २३ र २४ गतेको नव युवाहरू (जेनजी) को आन्दोलन र तत् पश्चात् विकसित घटनाक्रमले देशको व्यावसायिक वातावरणमा पारेको प्रभाव र अनिश्चिततालाई सम्बोधन गर्दै, निजी क्षेत्रलाई एकजुट, जिम्मेवार र राष्ट्र निर्माणमा थप सक्रिय बनाउनुपर्ने र राष्ट्रको विकासमा निजी क्षेत्रको योगदान र यसको भूमिकाको सन्दर्भमा आम नागरिक समक्ष थप स्पष्टता दर्शाउनुपर्छ भन्ने सम्पूर्ण छाता संगठनको निष्कर्ष रहेको छ ।  

हालको विषम परिस्थितिमा व्यवसायलाई सहजता प्रदान गर्नु अत्यन्तै कठिन र चुनौतिपूर्ण रहेको तथापि राष्ट्रलाई आइपरेको कठिनाइको घडीमा हामी सम्पूर्ण व्यवसायीहरू थप जिम्मेवार भइ निरन्तर योगदानका निम्ति समर्पित रहने व्यवसायीहरुले बताएका छन् ।  

व्यावसायिक संस्थाका छाता संगठनहरूको बैठकबाट तपसिलका बुँदामा ऐक्यबद्धता र प्रतिबद्धता जनाइएको छः

–एनबीआईको संयोजनमा कार्यदल गठन गरी सरकार, राजनीतिक दल, नव–युवाहरू लगायतका सरोकारवालासँग सहकार्य गर्दै निजी क्षेत्रको भूमिकालाई स्पष्ट पार्ने, व्यवसाय सञ्चालनको सुरक्षाका लागि कानूनको सुदृढ कार्यान्वयन सुनिश्चित गर्ने, आम निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न सहयोग गर्ने, र उद्यम तथा उद्यमीहरूको सुरक्षामा राज्यको जिम्मेवारीलाई अपरिवर्तनीय सर्तका रूपमा स्थापित गर्ने ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

–निजी क्षेत्रका प्रतिनिधिहरूले सरकार, सुरक्षा निकाय, निर्वाचन आयोग र सम्बन्धित सरोकारवाला निकायसँग प्रत्यक्ष संवाद गरी स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सहयोग गर्ने, सुशासन र भ्रष्टाचार अन्त्यमा सहकार्य गर्ने, सुरक्षा निकायहरूको मनोबल र संरचना सुदृढ पार्ने, र व्यवसाय निरन्तरतालाई प्राथमिकता दिने । बदलिँदो अवस्थामा सरकारी कार्यालयबाट प्रवाह गरिने सेवा र गर्नुपर्ने सहजीकरणलाई सहज तथा व्यवसायीमैत्री बनाउन सरकारको सार्वजनिक प्रतिबद्धताको लागि आह्वान गर्ने ।

–निजी क्षेत्रप्रति रहेको केही गलत धारणा सच्याउन सार्वजनिक सचेतना अभियान सञ्चालन गर्ने, निजी क्षेत्रको योगदानबारे तथ्यसंकलन र विश्लेषण गरी जनतासमक्ष प्रस्तुत गर्ने, र नव(युवाहरू समेतसँग संयुक्त रूपमा सकारात्मक भाष्य विकास गर्ने ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

–भदौ २३ र २४ गतेका घटनाबाट अनुभव र सिकाइको दायरालाई फराकिलो बनाउँदै व्यावसायिक प्रवर्द्धन र आचरणका आन्तरिक तथा बाह्य पक्षको सुधार प्रक्रिया सुरु गर्ने, राजनीतिक प्रभाव वा स्वार्थबिना पारदर्शी र जिम्मेवार व्यावसायिक अभ्यासलाई अझ बढी प्रभावकारी रुपमा निरन्तरता दिने, पूँजी वृद्धि र सुशासनमार्फत समृद्ध नेपाल निर्माण गर्ने अभियानमा समर्पित रहने, र उद्यमशीलता र त्यसबाट सिर्जना हुने मुनाफा समाज र राष्ट्रको हितसँग जोडिएको यथार्थता आम जनमानसमा प्रवाह गर्ने । 

नव–युवाहरूको आन्दोलनपछिको परिवर्तित अवस्थामा केही उद्योग व्यवसायमाथि भएको आक्रमणपछि बढेको निराशालाई आशामा बदल्न सबै निजी क्षेत्रले सामूहिक रुपमा अभियान सञ्चालन गर्ने।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.