शनिबार, बैशाख ५,२०८३ 07:55:35
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 07:55:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

क्रिप्टो बजार क्र्यास: २४ घण्टामा रु.19,200,000,000,000 स्वाहा !

Bizshala
क्रिप्टो बजार क्र्यास: २४ घण्टामा रु.19,200,000,000,000 स्वाहा !
Shivam Cement

काठमाण्डौ । विश्व क्रिप्टोकरेंसी बजारमा पछिल्लो २४ घण्टाभित्र ठूलो गिरावट आएको छ। बिट्कोइन, इथेरियम, बाइनान्स, डजक्वाइनलगायत प्रमुख डिजिटल मुद्राहरू सोमबार तीव्र रूपमा तल झरेका हुन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बजार मूल्य ३.६ प्रतिशत घट्यो

क्रिप्टो ट्र्याकिङ प्लेटफर्म क्वाइनमार्केटक्याप का अनुसार सोमबार दिउँसो २:३० बजेसम्म क्रिप्टो बजारको कुल मूल्य ३.६ प्रतिशतभन्दा बढी घटेर करिब ३.५९ ट्रिलियन अमेरिकी डलरमा झरेको छ। गत २४ घण्टामा यसको मूल्य ३.७३ ट्रिलियन डलरबाट घट्दै ३.५९ ट्रिलियन डलरमा आइपुगेको हो। यस गिरावटले लगानीकर्ताले झण्डै ०.१४ ट्रिलियन डलर (करिब १२.४३ खरब नेपाली रुपैयाँ) गुमाएका छन्।

बिट्कोइन र इथेरियममा तीव्र गिरावट

विश्वकै सबैभन्दा मूल्यवान क्रिप्टो बिट्कोइनमा मात्रै पछिल्ला २४ घण्टामा ३ प्रतिशतभन्दा बढी गिरावट आएको छ। साप्ताहिक अन्त्यमा बिट्कोइनको मूल्य १,११,००० डलर पुगेको थियो भने सोमबार दिउँसोसम्म झरेर १,०७,७५९ डलरमा कारोबार भइरहेको थियो।

त्यस्तै दोस्रो सबैभन्दा महँगो क्रिप्टो इथेरियम २४ घण्टामै ४ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी रिपल, बाइनान्स, सोलाना र डजक्वाइन जस्ता अन्य क्रिप्टोकरेंसीहरू पनि ६ प्रतिशतभन्दा बढीले तल झरेका छन्। गत हप्तामा मात्रै इथेरियम ११.५८%, बिट्कोइन ६.५९%, र अन्य अल्टक्वाइनहरू १६%भन्दा बढीले घटेका थिए।

CG Motors
Garima Development Bank
IME remit

गिरावटका कारणहरू

विश्लेषकहरूका अनुसार बजारमा आएको यो गिरावटका मुख्य कारण तीन हुन्:

-अमेरिकी डलरको मजबुती

-फेडरल रिजर्भद्वारा ब्याजदर घटाउने सम्भावना

-ठूला लगानीकर्ताहरू (‘क्रिप्टो ह्वेल्स’) को बिट्कोइन बिक्री

रिपोर्टका अनुसार ठूला लगानीकर्ताहरूले पछिल्लो हप्तामै करिब ६० करोड अमेरिकी डलर बराबरको बिट्कोइन बिक्री गरेका थिए, जसले बजारमा भारी बिक्री दबाब सिर्जना गरेको हो।

बजारमा अनिश्चितता थप्ने अर्को कारण भनेको अमेरिकी रोजगार रिपोर्ट हो, जुन छिट्टै सार्वजनिक हुँदैछ। अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसन्टले केही क्षेत्र, विशेषगरी आवास बजार, पहिले नै मन्दीमा प्रवेश गरेको बताएका छन्।

बजार विश्लेषकहरूका अनुसार यी वक्तव्यहरूले भविष्यमा ब्याजदर घटाउने समय र परिमाणप्रति अनिश्चितता बढाएको छ। परिणामस्वरूप, लगानीकर्ताहरूले उच्च जोखिम भएका डिजिटल सम्पत्तिबाट पैसा फिर्ता लिएर सुरक्षित लगानीतर्फ ध्यान दिन थालेका छन्।

-फाइनान्सियल टाइम्सबाट

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.