आईतवार, बैशाख ६,२०८३ 11:13:22
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:13:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्से सूचक र कारोबार दुवैमा गिरावट, हेल्दी करेक्सनले सकारात्मक संकेत गरेको विश्लेषकको तर्क

Bizshala
नेप्से सूचक र कारोबार दुवैमा गिरावट, हेल्दी करेक्सनले सकारात्मक संकेत गरेको विश्लेषकको तर्क
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको करेक्सन आएको छ । आज नेप्से परिसूचक ०.३१ प्रतिशत अर्थात ८.३४ अंकले घटेर २ हजार ६२२.८९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१८ प्रतिशतले घटेर ४५६.३९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको १ करोड २१ लाख ८५ हजार ३८८ कित्ता सेयर ६ अर्ब ५ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा कम हो ।  

अघिल्लो दिन भने ९ अर्ब बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार निमानन्द कंडेल भन्छन्, ‘तिहारपछि लगातार बढेको बजारमा आज सामान्य करेक्सन देखिएको हो । बजार सामान्य अंकले घटेपनि भोल्युमले साथ दिएको छ । लगातार बजार बढ्दा सानो–सानो करेक्सन देखिनु बजारको लागि सामान्य नै हो । लगानीकर्ताहरुमा कन्फिडेन्स बढ्दै गइरहेको छ । सेयरबजारका लागि लाभांश सिजनपनि भएकाले बजार माथि नै जान्छ ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अर्का बजार जानकार यज्ञ घिमिरे भन्छन्, ‘केही दिनदेखि लगातार बढेको बजारमा आज सामान्य करेक्सन मात्रै देखिएको हो, यसलाई बजार घटेको पनि भन्न मिल्दैन । आज कारोबार रकम पनि राम्रै देखिएको छ । बजारमा ट्रेडरहरुको हाबी भएका कारण केहीले सामान्य नाफा बुक गरेको पनि हुन सक्छ । अब लगानीकर्ताहरुमा राजनीतिक विषयको मात्रै डर छ । यदि राजनीतिक क्षेत्रमा स्थायित्व आउने हो भने लगानीकर्तामा आत्मबल बढ्छ र सेयरबजारले लय समात्ने पक्का छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटामा हरियाली छायो भने ७ वटामा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक अर्थात ०.९३ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज ०.११ प्रतिशत, होटल ०.०१, उत्पादन तथा प्रशोधन ०.२५, म्युचुअल फण्ड ०.२९ र अन्य समूह ०.४२ प्रतिशतले बढ्यो ।  

जीवन बीमा र हाईड्रो समूह आज सर्वाधिक घटे । यी समूहहरु समान १.०५ प्रतिशतले घटे ।  

यस्तै बैंकिङ समूह ०.२२ प्रतिशत, फाइनान्स ०.१२, लगानी ०.७०, लघुवित्त ०.६३ र निर्जीवन बीमा समूह ०.०१ प्रतिशतले घट्यो ।  

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३७ करोड ६८ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको ३३ करोड ९४ लाख, राधी विद्युतको २४ करोड ६१ लाख, सिनर्जी पावरको २४ करोड ३१ लाख र युनियन हाईड्रोपावरको २३ करोड ६२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । रिभर फल्स पावरको सेयरमूल्य आज ४.७१ प्रतिशत र शिवम् सिमेन्टको सेयरमूल्य ४.०९ प्रतिशतले बढ्यो ।  

इष्टर्न हाईड्रोपावरको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्दै नेगेटिभ सर्किट लाग्यो । सामुदायिक लघुवित्तको सेयरमूल्य पनि ७.३७ प्रतिशत,क्रेष्ट माईक्रो लाइफको ५.९२ र पिपुल्स हाईड्रोपावरको सेयरमूल्य ४.६८ प्रतिशतले घट्यो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.