सेयरबजारको वृद्धि आजपनि जारी, लगानीकर्ताको आत्मविश्वास बलियो बन्दै
काठमाण्डौ । गत साता लगातार तीन दिन बढेको सेयरबजार आज पनि बढेको छ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७१ प्रतिशत अर्थात १८.०७ अंकले बढेर २ हजार ५६०.८४ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९९ प्रतिशतले बढेर ४५३.९६ विन्दुमा पुगेको छ ।आज नेप्सेमा सूचीकृत ३५२ वटा स्क्रिप्टको ९२ लाख ९८ हजार ९४ कित्ता सेयर...

