आईतवार, बैशाख ६,२०८३ 11:11:41
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:11:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

Bizshala
८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०२ कम्पनीको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.१४ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.८७ प्रतिशतले घटेको छ । आज ८ वटा मात्रै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा गार्डियन माइक्रो लाइफ रहेको छ ।कम्पनीको सेयरभाउ ९.९९ प्रतिशतले बढेर ४८४.६० रुपैयाँ पुगेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यस्तै, सन नेपाल लाइफको २.४१ प्रतिशत, एशियन लाइफको ०.७९ प्रतिशत,सिद्धार्थ प्रिमियरको ०.७१ प्रतिशत, आइजीआाई प्रुडेन्सियलको ०.६६ प्रतिशत, नेपाल रि को ०.३६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.१८ प्रतिशत र नेपाल लाइफको ०.१३ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने कम्पनीमा भने एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.५१ प्रतिशतले घटेर ११ सय रुपैयाँ कायम भएको छ ।

CG Motors
Garima Development Bank
IME remit

त्यस्तै, नेपाल इन्स्योरेन्सको २ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.५३ प्रतिशत, सिटिजन लाइफको १.३६ प्रतिशत, एलआइसी नेपालको १.१२ प्रतिशत, हिमालयन एभरेष्टको १.१० प्रतिशत, शिखरको १.०६ प्रतिशत, सानिमा जिआइसीको १ प्रतिशत, सुर्यज्योति लाइफको ०.९१ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.९१ प्रतिशत, हिमालयन रि को ०.५९ प्रतिशत, आइएमई लाइफको ०.३८ प्रतिशत, युनाइटेड अजोडको ०.२९ प्रतिशत, आरबीसीएलको ०.२७ प्रतिशत, नेशनल लाइफको ०.२५ प्रतिशत, सानिमा जिआइसीको ०.२४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२३ प्रतिशत र हिमालयन लाइफको सेयरभाउ ०.०२ प्रतिशतले घटेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.