आईतवार, बैशाख ६,२०८३ 11:19:51
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:19:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सामान्य अंकले घट्यो सेयरबजार, जानकार भन्छन्, ‘आईपीओले बजार बिगार्दै छ’

Bizshala
सामान्य अंकले घट्यो सेयरबजार, जानकार भन्छन्, ‘आईपीओले बजार बिगार्दै छ’
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.११ प्रतिशत अर्थात ३.०२ अंकले घटेर २ हजार ६०६.६७ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले घटेर ४४६.७५ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३१ वटा स्क्रिप्टको १ करोड १ लाख ४६ हजार ४०० कित्ता सेयर ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘पछिल्लो समय लगानीकर्ताहरुमा नियामक निकाय नेपाल धितोपत्र बोर्डको गैरजिम्मेवारीपनका कारण नै मनोबल बढ्न सकिरहेको छैन । बोर्डले बजारलाई नियमन गर्नमा आफ्नो भूमिका सशक्त बनाउन सकिरहेको छैन । अहिले बजारमा होल्डिङ गर्ने खालका लगानीकर्ताहरु आएका नै छैनन् । जति पनि कारोबार भइरहेको छ, त्यो सबै ट्रेडरहरुले गरेको हो ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उनले थपे, ‘अहिलेको समयमा आइपीओले बजार बिगारिरहेको छ । जति पनि कम्पनीहरुको आइपीओ धमाधम आइरहेको छ ती कम्पनीहरुको अधिकांशको ब्यालेन्स्ड सिट राम्रो देखिदैन । त्यसैमाथि अहिले प्रिमियम र बुकबिल्डिङमार्फत आइपीओ निकाल्न लागेका कम्पनीले झनै बजार तल झार्ने सम्भावना देखिन्छ । यो विषयमा बोर्डले ध्यान दिन जरुरी छ । साथै केही हदसम्म चुनावी माहोलले पनि बजारलाई प्रभाव पारिरहेको छ । यदि समयमै चुनाव हुने हो भने लगानीकर्तामा मनोबल बढेर लगानी गर्न प्रवेश गर्न बजार प्रवेश गर्न सक्छन् । तत्कालको लागि बजार केही समयसम्म साइडवेजमै चल्ने देखिन्छ । बजारले २७ सय देखि ३ हजारको विन्दु टेक्यो भने मात्रै एउटा सपोर्ट जोन बनाउन सक्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये ५ वटामा हरियाली छायो भने ८ वटामा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.६१ प्रतिशतले बढ्यो । यस्तै हाईड्रो समूह ०.१२, जीवन बीमा ०.५०, निर्जीवन बीमा ०.०५ र व्यापार ०.४१ प्रतिशतले  बढ्यो ।

बैंकिङ समूह आज सर्वाधिक अर्थात ०.६७ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.११ प्रतिशत, फाइनान्स ०.५७, होटल ०.२३, लगानी ०.१६, लघुवित्त ०.२९, म्युचुअल फण्ड ०.०४ र अन्य ०.२१ प्रतिशतले घट्यो ।  

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

आज ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५५ करोड ८६ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै सागर डिस्टिलरीको २३ करोड ९७ लाख , पियोर इनर्जीको ९ करोड ७६ लाख,राधी विद्युतको ९ करोड ९ लाख र झापा इनर्जीको ८ करोड ६२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज अपर स्याङ्गे हाईड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रोटेकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै इङ्ग्वा हाईड्रोपावरको सेयरमूल्य ९.०३, पियोर इनर्जीको ४.४०, मकर जितुमाया सुरीको सेयरमूल्य ४.१९ प्रतिशतले बढ्यो ।  

यो दिन सपोर्ट माईक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ५.१६ प्रतिशतले घट्यो । मेन्छियाम हाईड्रोको सेयरमूल्य पनि आज ३.७३ र गृह्वेश्वरी मर्चेन्टको सेयरमूल्य ३.६८ प्रतिशतले घट्यो ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.