बुधबार, चैत्र २०,२०८१ 03:17:59
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:17:59
IME remit
Global IME Bank Limited

लगातार ३ दिन बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार प्रवेश गर्ने उपयुक्त समय’

Hyundai Nepal
लगातार ३ दिन बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार प्रवेश गर्ने उपयुक्त समय’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.४३ प्रतिशत अर्थात ११.९१ अंकले बढेर २ हजार ७३९.८२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले बढेर ४५९.८८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर १० अर्ब ४३ करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे बजार जानकार गोविन्द प्रसाल घिमिरे भन्छन्,  ‘केही दिनदेखि बजारमा कारोबारसहित सूचक बढ्नु सकारात्मक विषय हो । यसले बजारमा सेयर एक्युमुलेशन भईरहेको जनाउछ । यस्तै संस्थागत लगानीकर्ता पनि बजार प्रवेश गरेको देख्न सकिन्छ । ’

उनको विचारमा अहिले सिजिनल रुपमा पनि सेयर खरिद गर्ने बेला भएकाले दुई सातादेखि बजारमा सुधार आएको छ । उनले आर्थिक गतिविधि बढ्नु, सस्तो ब्याजदरमा सेयर कर्जा बढुन् जस्ता विषयले सेयर खरिदको वातावरण सिर्जना बन्दै भएको बताए ।  

अर्का बजार जानकार जगन्नाथ थपलिया(मामा)ले पनि अहिले बजार अप ट्रेण्डमै चलिरहेको बताए । ‘आम लगानीकर्ताको सेन्टिमेन्ट सकारात्मक हुनु,घट्दो ब्याजदर र बढ्दो कारोबार रकमले बजारले उकालो यात्रा तय गरिरहेको बताउन सकिन्छ’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने ७ वटा समूहमा रातो पोतियो । अन्य समूह आज सर्वाधिक अर्थात ३.६७ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.२२ प्रतिशत, लगानी १.२४, जीवन बीमा १.७४,निर्जीवन बीमा ०.३० र व्यापार समूह ०.४१ प्रतिशतले बढ्यो ।  

विकास बैंक समूह आज सर्वाधिक अर्थात १.७४ प्रतिशतले घट्यो । वित्त समूह पनि आज १.५० प्रतिशत,होटल १.०४, हाईड्रो ०.१३,उत्पादन तथा प्रशोधन ०.०६,लघुवित्त ०.७९ र म्युचुअल फण्ड ०.०५ प्रतिशतले घट्यो ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ८२ करोड २ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको आज ५१ करोड ६८ लाख,पिपुल्स हाईड्रोको २९ करोड ३ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड ६८ लाख र सिईडिबि होल्डिङको २० करोड २२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त,गु्राँस लघुवित्त,इमर्जिङ नेपाल र गार्डियन माइक्रो लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै एलआईसी नेपालको सेयरमूल्य ७.३४ प्रतिशत,इष्टर्न हाईड्रोको ७.२६ र हिमालयन रि इन्स्योरेन्सको सेयरमूल्य ६.८५ प्रतिशतले बढ्यो ।  

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । भूगोल इनर्जीको सेयरमूल्य पनि आज ८.९५ प्रतिशत,एक्सेल डेभलपमेन्ट बैंकको ५.९९ र बोटलर्स नेपालको सेयरमूल्य ५.८४ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.