आईतवार, बैशाख ६,२०८३ 11:10:21
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:10:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दुई लघुबीमक बाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन एभरेष्ट

Bizshala
दुई लघुबीमक बाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन एभरेष्ट
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१० कम्पनीको एक करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.४४ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.९३ प्रतिशतले बढेको छ । आज दुई लघुबीमा कम्पनी बाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढेको छ । गार्डियन माइक्रो लाइफको सेयरभाउ ०.७५ प्रतिशतले घटेर २६०४ रुपैयाँ पुगेको छ भने क्रेष्ट माइक्रो लाइफको सेयरभाउ ०.२० प्रतिशतले घटेर १९१२ रुपैयाँ कायम भएको छ । आज सर्वाधिक कमाउने बीमा कम्पनीमा भने हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीको सेयरभाउ ३.८७ प्रतिशतले बढेर ५८९.८० रुपैयाँ पुगेको छ । त्यस्तै, एशियन लाइफको १.७८ प्रतिशत, सिटिजन लाइफको २.२० प्रतिशत, हिमालयन लाइफको ०.८२ प्रतिशत, आइएमई लाइफको १.९० प्रतिशत, एलआइसी नेपालको १.०३ प्रतिशत, नेपाल लाइफको १.४१ प्रतिशत, नेशनल लाइफको १.२० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.०४ प्रतिशत, रिलायबल नेपाल लाइफको ३.७५ प्रतिशत, सूर्यज्योति लाइफको १.८६ प्रतिशत, सन नेपाल लाइफको १.५१ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.६९ प्रतिशतले सेयरभाउ बढेको छ । 

CG Motors
Garima Development Bank
IME remit

यसका साथै निर्जीवन बीमातर्फ आइजीआई प्रुडेन्सियलको २.२७ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.१४ प्रतिशत, नेको इन्स्योरेन्सको १.६२ प्रतिशत, एनएलजीको ३.४७ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.४८ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.१७ प्रतिशत, आरबीसीएलको १.१५ प्रतिशत, सलिकोको १.९३ प्रतिशत, सानिमा जिआइसीको २.०९ प्रतिशत, शिखरको ०.९७ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.२९ प्रतिशत र युनाइटेड अजोडको ३.५६ प्रतिशतले बढेको छ । पुनर्बीमातर्फ भने हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ १.१० प्रतिशतले बढेर ९९९.९० रुपैयाँ पुगेको छ भने नेपाल रि इन्स्योरेन्सको ०.७६ प्रतिशतले बढेर १३२३.१० रुपैयाँ पुगेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.