आईतवार, बैशाख ६,२०८३ 11:16:47
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:16:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वृद्धिका साथ नेप्सेले गर्यो नयाँ वर्षलाई स्वागत, कारोबार र सूचक दुवैमा सुधार

Bizshala
वृद्धिका साथ नेप्सेले गर्यो नयाँ वर्षलाई स्वागत, कारोबार र सूचक दुवैमा सुधार
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.०१  प्रतिशत अर्थात २७.१४ अंकले बढेर २ हजार ६८९.२२ विन्दुमा पुगेको छ ।

आज यो वर्षको पहिलो कारोबार दिन हो । आज बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९१ प्रतिशतले बढेर ४५०.५२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आज अघिल्लो कारोबारको तुलनामा कारोबार बढेको छ । गतै चैत ३१ गते बजारमा ६ अर्ब २८ करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘आजको कारोबार हेर्दा बजार घट्न रोकिएको मान्न सकिन्छ । आजको बढोत्तरी नयाँ वर्षको नयाँ उत्साह पनि हो । यद्यपी बजारको आगामी यात्रा भने कम्पनीहरुको तेस्रो त्रैमासिक प्रतिवेदनले निर्धारण गर्नेछ ।’

आज बजार बढ्दा कारोबार बढ्नु सकारात्मक भएको तर बलेफी हाईड्रको मात्रै २ अर्ब माथिको कारोबार हुनुले भने कारोबारमा खासै सुधार भएको मान्न नसकिने उनले बताए ।  

अर्का बजार जानकार विनोद अर्यालले पनि बजारमा करेक्सन सकिएको र बजारमा नयाँ उत्साह देखिएको बताए । चैत मसान्तको प्रभाव सकिएसँगै बजारले अब अप ट्रेण्ड लिएको र घट्नु पर्ने कुनै कारण नरहेको पनि उनले दाबी गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज लगानी समूह सर्वाधिक अर्थात २.६३ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.५३, विकास बैंक २.४०, फाइनान्स १.६५, होटल २, हाईड्रो १.४७,जीवन बीमा ०.८६, उत्पादन तथा प्रशोधन १.२१,लघुवित्त ०.६१,निर्जीवन बीमा १.०९ र अन्य समूह ०.४७ प्रतिशतले बढ्यो ।  

म्युचुअल फण्ड समूह आज अपरिवर्तित रह्यो भने व्यापार समूह भने ०.९७ प्रतिशतले घट्यो ।  

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन बलेफी हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २ अर्ब १ करोड बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको ४२ करोड २३ लाख, राधी विद्युतको ३६ करोड २२ लाख र सिईडिबि होल्डिङको ३२ करोड ७७ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज कर्पोरेट डेभलपमेन्ट बैंक,ग्रीन डेभलपमेन्ट बैंक,सप्तकोशी डेभलपमेन्ट बेंक,नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइफो लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

सुपर मादी हाईड्रोको सेयरमूल्य पनि आज ५.८४ प्रतिशत,एनआरएन इन्फ्रास्ट्रक्चरको ५.४७,सामुदायिक लघुवित्तको ५.२२ र हाथवे इ्रन्भेष्टमेन्टको सेयरमूल्य ५.२० प्रतिशतले बढ्यो ।  

बलेफी हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घट्यो । यस्तै विन नेपाल लघुवित्तको ६.२५ प्रतिशत र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ३.७१ प्रतिशतले घट्यो ।  

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.