बुधबार, चैत्र २०,२०८१ 02:47:13
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:47:13
IME remit
Global IME Bank Limited

नेप्सेमा ५० अंकको गिरावट, ‘तीव्र नाफा बुक गर्दै लगानीकर्ता’

Hyundai Nepal
नेप्सेमा ५० अंकको गिरावट, ‘तीव्र नाफा बुक गर्दै लगानीकर्ता’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.८८ प्रतिशत अर्थात ५०.५३ अंकले घटेर २ हजार ६३७.७९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६४ प्रतिशतले घटेर ४६८.६५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्,  ‘यो साता पनि दुई दिन सार्वजनिक बिदा परेका छ । त्यसैले सेयर रोटेशन हुन नपाउने आँकलनका कारण बजारमा बिक्री दबाब परेको देखिन्छ । चाडपर्व पनि नजिकिएकाले लगानीकर्ताले खर्च जोहो गर्न सेयर बिक्री गर्ने भएकाले समेत दशैंअघि बजारबाट त्यति ठूलो आश गर्न सकिदैन,’उनले भने ।  

यद्यपी दशैंअघि केही दिन भने बजार बढ्न तर दशैं खर्च निस्कने गरी भने नबढ्ने उनले अनुमान गरे ।  

अर्का बजार जानकार अर्जुन थापाले लगानीकर्तामा बजारप्रति विश्वास नभएका कारण र छिटो–छिटो नाफा बुक हुँदा बजार घटेको छ । ‘असोज मसान्तको ब्याज र दशैं खर्चको दबाबले गर्दा बजारमा ठूलो अंकको करेक्सन देखिएको छ । यद्यपी ब्याज घट्दो क्रममा रहेका कारण दीर्घकालमा भने बजार बुलिस नै रहने देखिन्छ,’ थापाले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहममा रातो पोतिएको छ । आज होटल समूहमा सर्वाधिक गिरावट आएको छ । यो समूह आज ३.६८ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.९३ प्रतिशत, विकास बैंक २.५१,वित्त ३.५३,हाईड्रो १.४८,लगानी २ं८०,जीवन बीमा २.७४,उत्पादन तथा प्रशोधन १.७९,लघुवित्त १.८८,म्युचुअल फण्ड ०.६१,निर्जीवन बीमा २.१६,अन्य २.२३ र व्यापार समूह ०.९० प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ६४ करोड ३८ लाख बढीको सेयर कारोबार भयो ।  

एनआरएन इन्फ्रास्ट्रक्चरको आज ३५ करोड २८ लाख बढीको, हिमालयन रिको २८ करोड ३० लाख,अपि पावरको २५ करोड ४३ लाख र सिंगटी हाईड्रोको २४ करोड ४१ लाख बढीको सेयर कारोबार  भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज रिभर फल्स पावर, हिमालयन हाईड्रोपावर,राँवा इनर्जी र इष्टर्न हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन तेह्रथुम पावरको सेयरमूल्य ८.८३ प्रतिशत,बलेफि हाईड्रोको ७.६० र भिजन लुम्बिनी उर्जाको सेयरमूल्य ६.६१ प्रतिशतले बढ्यो ।  

थ्रिस्टार हाईड्रोको सेयरमूल्यमा आज लोअर सर्किट लाग्यो । ग्रिनलाइफ हाईड्रोको सेयरमूल्य ९.४० प्रतिशतले घटेको आज सिईडिबी हाईड्रोको ९.१५ र इमिर्जङ नेपालको सेयरमूल्य ७.१२ प्रतिशतले घट्यो ।        

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.