मंगलवार, आश्विन १३,२०८३ 06:54:28
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:54:28
Bizshala
Global IME Bank Limited

सेयरबजारमा सामान्य गिरावट, जानकार भन्छन्, ‘मार्केट अझै करेक्सन फेजमै छ’

Bizshala
सेयरबजारमा सामान्य गिरावट, जानकार भन्छन्, ‘मार्केट अझै करेक्सन फेजमै छ’
New Office

काठमाण्डौ । सेयरबजारमा आजपनि गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२० प्रतिशत अर्थात् ५.७३ अंकले घटेर २ हजार ७३८.७२ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०१ प्रतिशतले घटेर ४६४.४३ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३४६ वटा स्क्रिप्टका १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ९१ करोड ६६ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सेयर लगानीकर्ता तथा प्राविधिक विश्लेषक अजयसिं थापा (जय शम्भु) भन्छन्, ‘पछिल्लो समय सेयरबजारप्रति लगानीकर्ताहरुको मोह हराउँदै गएको छ, त्यसैमाथि हिजो नेप्सेले कोल्याटरल लिमिट सम्बन्धि जारी गरेको सूचनाले लगानीकर्ताको मनोबल गिराउने प्रयास भएको छ । नेप्सेको यस्तो नीतिले खरिदकर्ताको मनोबल घटाएको छ, जसकारण लगानीकर्ताहरु सेयर खरिद गर्नमा उत्सुक देखिदैनन् ।’

उनले थपे, ‘पछिल्लो समय बजार करेक्सन फेजमै छ, कारोबार रकम पनि घट्दै गएको छ । बजार २९ सय पुग्दा २२ अर्बसम्म कारोबार पुगेको थियो भने केही दिनयता बजारमा ५ अर्ब भोल्युम पुग्न पनि कठिन छ, यो अवस्थाले लगानीकर्ताहरुको सेयरबजारप्रति रौनक हराउँदै गएको बुझिन्छ । मार्केट घट्दा आजको क्याण्डल बाइङ प्रेसर बन्न खोजेको देखिन्छ, तर भोल्युम नदेखिदा मार्केटले बाइङ मुडको क्याण्डल बनाउन सकेन । सम्भवतः बजारले अब एकपटक मिनिमम २७ सयको विन्दु टेकेर फर्किने सम्भावना देखिन्छ । तर बजारको सेनारियो हेर्दा अहिले पोजेटिभ सेन्टिमेन्ट देखिँदैन ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन र बैंकिङ समूह मात्रै बढ्यो । यी दुवै समूहहरु क्रमशः०.८४ र ०.०२ प्रतिशतले बढ्यो ।

आज अन्य समूह सर्वाधिक अर्थात ०.९७ प्रतिशतले घट्यो । यसैगरी विकास बैंक समूह ०.४८ प्रतिशत, फाइनान्स ०.२०, होटल ०.०४, हाईड्रो ०.४०, लगानी ०.४२, जीवन बीमा ०.२६, लघुवित्त ०.३४, म्युचुअल फण्ड ०.५२, निर्जीवन बीमा ०.०२ र व्यापार ०.६३ प्रतिशतले घट्यो ।  

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक अर्थात २६ करोड ७५ लाख बढीको सेयर कारोबार भयो । यस्तै आँखुखोला जलविद्युतको २१ करोड ९१ लाख, नेशनल हाईड्रोपावरको १९ करोड ३० लाख, शिवम् सिमेन्टको १७ करोड ३ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ४२ लाख बढीको सेयर कारोबार भयो ।  

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज श्रीनगर एग्रिटेकको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य आज १२.५७ प्रतिशतले बढ्यो ।

यस्तै शिखर पावर डेभलपमेन्टको सेयरमूल्य ७.९१, एशियन हाईड्रोपावरको ७.८८, रिभर फल्स पावरको ४.९५ र एसवाई प्यानल नेपालको सेयरमूल्य ३.८१ प्रतिशतले बढ्यो ।

यो कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात १०.३८ प्रतिशतले घट्यो । माईखोला हाईड्रोको सेयरमूल्य पनि आज ९.११ प्रतिशत र सोलु हाईड्रोको सेयरमूल्य ४.१८ प्रतिशतले घट्यो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.