बुधबार, चैत्र २०,२०८१ 03:27:28
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:27:28
IME remit
Global IME Bank Limited

कारोबारसँगै सूचक पनि बढ्यो, जानकार भन्छन्,‘बजारमा एक्युमुलेशन बढ्दै’

Hyundai Nepal
कारोबारसँगै सूचक पनि बढ्यो, जानकार भन्छन्,‘बजारमा एक्युमुलेशन बढ्दै’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१८ प्रतिशत अर्थात ४.९८ अंकले बढेर २ हजार ७५३.७६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०२ प्रतिशतले घटेर ४८५.९१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्,  ‘अल्पकालिन लगानीकर्ताले छिटो–छिटो सेयर कारोबार गर्दा बजारमा आज बिक्री दबाब देखिएको छ । यद्यपी आज बजार सामान्य अंकले बढेतापनि कारोबार बढ्नु सकारात्मक पक्ष रहेको छ । ’

Shivam Cement
Bizshala
CG Motors

बजारमा ब्याजदर घट्नु र लगानीका अन्य विकल्प नभएका कारण सेयर बजार सकारात्मक नै हुने उनको ठम्याई छ । उनले प्राविधिक रुपमा बोलिङ्गरको अपर ब्याण्डमा पटकपटक प्रतिरोधको सामना गरेको बताए । ‘यद्यपी म्याक्डीमा पोजेटिभ नै रहेकाले बजारले अगामी दिनमा प्राविधिक रुपमा बजार सकारात्मक नै रहने देखिन्छ,’ उनले भने ।  

अर्का बजार जानकार विरेन्द्र विष्टले अघिल्लो सातादेखि बजारमा कारोबार बढिरहेकाले बजारमा आशा गर्ने ठाँउ रहेको  बताए। ‘आजको कारोबारले बजारमा एक्युमुलेशन भएको मान्न सकिन्छ । बजारले केही दिनमा पुनः लय समात्ने पनि देखिन्छ,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज होटल समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज २.२१ प्रतिशतले बढ्यो ।  

यस्तै आज विकास बैंक समूह ०.६२, हाईड्रो ०.८५,लगानी ०.१७, जीवन बीमा ०.२१,लघुवित्त १.२८,म्युचुअल फण्ड ०.२९,अन्य ०.११ र व्यापार समूह ०.२४ प्रतिशतले बढ्यो ।  

आज बैंकिङ समूह ०.२१ प्रतिशत,फाइनान्स १.६३, उत्पादन तथा प्रशोधन १.१३ र निर्जीवन बीमा ०.६९ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४५ करोड १७ लाख बढीको सेयर कारोबार भयो । यस्तै समृद्धि फाइनान्सको ४१ करोड ८२ लाख,जानकी फाइनान्सको ३५ करोड ४० लाख,सिंगटी हाईड्रोको ३४ करोड र नेपाल फाइनान्सको २३ करोड १५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज उन्नती सहकार्य लघुवित्त,स्वाभिमान लघुवित्त,अपरहेवा खोला हाईड्रो र माण्डु हाईड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

बलेफि हाईड्रोको सेयरमूल्य आज ९.२९ प्रतिशत,जनउत्थान सामुदायिक लघुवित्तको ८.९६ र भगवति हाईड्रोको ८.४३ प्रतिशतले बढ्यो ।  

यो दिन समृद्धि फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । गुराँस लघुवित्तको सेयरमूल्य पनि आज १० प्रतिशत, मकर जितुमायाको ८ प्रतिशत र वेष्ट फाइनान्सको ५.०५ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.