बुधबार, चैत्र २०,२०८१ 12:43:54
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:43:54
IME remit
Global IME Bank Limited

सेयरबजारमा उच्च गिरावट, २५ सयको लाइनमा झर्यो नेप्से

Hyundai Nepal
सेयरबजारमा उच्च गिरावट, २५ सयको लाइनमा झर्यो नेप्से
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.१९ प्रतिशत अर्थात ५८.०५ अंकले घटेर २ हजार ५८२.७३ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९० प्रतिशतले घटेर ४३४.९७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर ५ अर्ब १८ करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘आज बजार घट्नुमा देशको तरल राजनीतिक अवस्था मुख्य कारण हो । यही चैत १५ गतेदेखि विभिन्न दलहरुले गर्ने भनेको आन्दोलनका कारण डराएका लगानीकर्ता सरकारले कुलमानलाई हटाउने निर्णय गरेसँगै थप त्रसित बनेका छन् । बिग्रदो राजनीतिक अवस्थाका कारण लगानीकर्ताले आज स्टपलस तथा नाफा बुक गरेको हुनपनि सक्छ ।’

यसका साथै अन्तराष्ट्रिय अवस्था र चैत मसान्तकको दबाबले पनि बजार घटेको  हुनसक्ने आँकलन उनले गरे । यद्यपी २५८० विन्दु आसपास भने बजारमा बलियो सपोर्ट रहेको उनले बताए ।

अर्का कजार जानकार नीमानन्द कंडेले पनि चैत मसान्तको दबाब र आन्दोलन जस्ता विषयले लगानीकर्ताको मनोलब खस्किएको बताए । ‘यस्तै उधारोमा सेयर खरिद गरेकाले समेत बिक्री दबाब दिदा र कुलमानको विषयले समेत आज बजार घटेको देखिन्छ,’ उनले भने ।        

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । फाइनान्स समूह आज सर्वाधिक अर्थात ३.४१ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज १.४० प्रतिशत, विकास बैंक ३.२६,होटल २.८३, हाईड्रो ३.०८,लगानी १.९८, जीवन बीमा २.२४, उत्पादन तथा प्रशोधन १.४९,लघुवित्त २.३०,म्युचुअल फण्ड ०.५१,निर्जीवन बीमा २.३८, अन्य १.६४ र व्यापार समूह १.६० प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २३ करोड २० लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज २१ करोड ३९ लाख, युनाइटेड मोदीको १७ करोड ३४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १४ करोड ८८ लाख र सिईडिबि होल्डिङको १३ करोड ८१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज एनसीसी डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक अर्थात ४.५२ प्रतिशतले बढ्यो । यस्तै ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९ को मूल्य ४.२२ प्रतिशत,९.५ प्रतिशत मञ्जुश्री फाइनान्स डिबेञ्चर २०८५ को ४.०३ र प्रभु स्मार्ट फण्डको मूल्य ३.९३ प्रतिशतले बढ्यो ।  

नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.९७ प्रतिशतले घट्यो । सपोर्ट माईफोफाइनान्सको सेयरमूल्य पनि आज ७.८९ प्रतिशत,सिन्धु विकास बैंकको ६.९२ र अपर हेवाखोलाको सेयरमूल्य ६.९० प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.