Bizshala
  • बुधबार, बैशाख ९,२०८३ 05:14:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गृहमन्त्रीको राजीनामापछि ठूला लगानीकर्ता उत्साहित, अन्तिम समयमा उच्च खरिदारी

Bizshala
गृहमन्त्रीको राजीनामापछि ठूला लगानीकर्ता उत्साहित, अन्तिम समयमा उच्च खरिदारी
Shivam Cement

काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङको राजीनाको प्रभाव सेयरबजारमा देखिएको छ । कारोबारको अन्तिम प्रहरतिर आएको गृहमन्त्रीको राजीनामाको खबरपछि दोहोरो अंकले घटिरहेको सेयरबजार अन्तिममा आएर सामान्य अंकको गिरावटमा सीमित बनेको छ ।  

उक्त खबरपछि सेयरबजारमा अन्तिम समयमा सेयर खरिद बढ्न पुग्यो । यसलाई आजको कारोबारले समेत पृष्टि गरेको छ । अघिल्लो दिन ५ अर्ब ४३ करोड बढीको कारोबार भएकोमा आज भने ७ अर्ब ८१ करोड बढीको सेयर कारोबार भएको छ ।  

गृहमन्त्रीमा नियुक्ती भएसँगै गुरुङले ठूला व्यवसायी तथा लगानीकर्तामाथि गरेको धरपकडका कारण लगानीकर्ताको मनोबल खस्किएको थियो । जसका कारण बजारको सेन्टिमेन्ट नेगेटिभ बन्दा सेयरबजारमा दबाब परेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

जसपश्चात लगानीकर्ताले उनको राजीनामा माग समेत गर्दै आईरहेका थिए । 

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.१० प्रतिशत अर्थात् २.९५ अंकले घटेर २ हजार ८०४.१७ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१३ प्रतिशतले बढेर ४७१.२२ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३४२ वटा स्क्रिप्टका १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता सेयर किनबेच भएको छ ।  

बजार जानकार सालिकराम ढकाल भन्छन्, ‘सरकारको क्रियाकलाप वा गतिविधिका कारण केही दिनसम्म बजारमा करेक्सन फेज चलिरहेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान वा निजी क्षेत्रका व्यवसायीमाथि गरिएको छानबिन वा अनुसन्धानले बजारलाई प्रभाव पारेको थियो । आज बजार केही समयसम्म घटेको थियो तर अन्तिमसम्म नेप्से सूचक लभगभ ३ अंकले मात्रै घटेको छ । सेयरबजारमा लगानीकर्ताको मनोवैज्ञानिक पक्षले प्रत्यक्ष प्रभाव पार्ने हुँदा गृहमन्त्री सुधन गुरुङले राजिनामा दिएका कारण बजारमा बाउन्स ब्याक देखिएको हो की अनुमान लगाउन सकिन्छ । साथै स्थिर सरकार आएपनि बजारका लागि स्थिर पोलिसीहरु के छन् भन्ने नखुलेका कारण लगानीकर्ताहरुमा उत्साहपन देखिएको छैन ।’

अर्का बजार जानकार यज्ञ घिमिरेले पनि ठूला लगानीकर्ताहरु यतिबेला बजारमा सक्रिय नहुँदा सिँगो पूँजीबजारलाई नै असर पारेको बताए ।  

‘सेयरबजारमा धेरै प्रकारको लगानीकर्ता छन्, अहिलेको सरकारले निजी क्षेत्रका व्यवसायीमाथि छानबिन गर्ने विषयले लगानीकर्तामा अन्योलता सिर्जना गरेको छ र लगानीकर्ताहरु अहिले पर्ख र हेरको अवस्थामा छन्’ उनले भने, ‘ठूला सेयर लगानीकर्ताहरु बजारमा सक्रिय नहुँदा बिग मनि नआएकाले बजारले लय लिन सकिरहेको छैन जसकारण पछिल्लो समय कारोबार रकम पनि घटिरहेको छ ।’

साथै लगानीकर्ताहरु आगामी आवको बजेटको प्रतिक्षामा रहेको उनको भनाई छ । ‘अहिले लगानीकर्ताहरु सेयर किन्ने अवस्थामा पनि छैनन्, लगानी गर्दा झनै गुमाइन्छ कि भन्ने लगानीकर्तामा डर छ’ उनले भने, ‘राजनीतिक माहोल वा पछिल्लो सरकारको गतिविधिका कारण सेयरबजार नै उथुलपुथुल भएको छ, तर लगानीकर्ताहरु डराउने वा प्यानिक नै हुने अवस्था पनि छैन, अहिले अफ सिजन भएका कारण पनि बजारमा उत्साह नदेखिएको हो ।’

CG Motors
Garima Development Bank
IME remit

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो । आज फाइनान्स समूह सर्वाधिक अर्थात ०.५८ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.१३, लगानी ०.०९, उत्पादन तथा प्रशोधन ०.२५ र निर्जीवन बीमा समूह ०.३८ प्रतिशतले बढ्यो ।  

यो दिन होटल समूह सर्वाधिक अर्थात २.३६ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.२७ प्रतिशत, हाईड्रो ०.०६, जीवन बीमा ०.२५, लघुवित्त ०.१५, म्युचुअल फण्ड ०.४०, अन्य ०.०३ र व्यापार १.१० प्रतिशतले घट्यो ।  

सर्वाधिक कारोबार हुने कम्पनी

आज नेशनल हाईड्रोपावरको सर्वाधिक अर्थात ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यसैगरी, रिलायन्स स्पनिङ मिल्सको ३२ करोड ७८ लाख, सोलु हाईड्रोपावरको ३१ करोड ६९ लाख, होटल फरेस्ट इनको २८ करोड ५९ लाख र एसवाई प्यानल नेपालको २६ करोड ८९ लाख बढीको सेयर कारोबार भयो ।  

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरूमध्ये ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज पाल्पा सिमेन्ट, सूर्यकुण्ड हाईड्रो र शिखर पावर डेभलपमेन्टको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यस्तै झापा इनर्जीको सेयरमूल्य १४.०८ प्रतिशत, गणपति लघुवित्तको ९.१६ र नेशनल हाईड्रोपावरको सेयरमूल्य ४.०३ प्रतिशतले बढ्यो ।    

यो दिन होटल फरेस्ट इनको सेयरमूल्य सर्वाधिक अर्थात १०.७५ प्रतिशतले घट्यो । एशियन हाईड्रोपावरको सेयरमूल्य पनि आज ८.३८ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.८४ प्रतिशतले घट्यो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.