मंगलवार, कार्तिक ३,२०८३ 03:27:20
  • मंगलवार, कार्तिक ३,२०८३ 03:27:20
Global IME Bank Limited

कारोबार र सूचक दुवैमा सुधार,‘बजार परिपक्व बन्दै’

Bizshala
कारोबार र सूचक दुवैमा सुधार,‘बजार परिपक्व बन्दै’
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७२ प्रतिशत अर्थात १९.९७ अंकले बढेर २ हजार ७५८.०४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले बढेर ४७१.७९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर १० अर्ब ५४ करोड १७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन भने ८ अर्ब ८३ करोडबराबरको कारोबार भएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु)भन्छन्,‘बजारले मौद्रिक नीतिको समीक्षा पछिको सबै समाचारलाई पचाएको देखिन्छ । अहिले सेक्टर रोटेशन हुँदै बजार चलिरहेको छ । यद्यपी बजारले २७८० को विन्दुलाई भने ब्रेक गर्न सकेको छैन ।’

थापाले सबै नकारात्मक खबर सकिएकाले अब अधिक सम्भावना माथि कै रहेको बताए । उनले बीमा र बैंकिङ क्षेत्र चले नेप्से ३ हजार विन्दुमाथि पुग्ने समेत दाबी गरे ।  

अर्का बजार जानकार निमानन्द कंडेलले पनि सबै नकारात्मक समाचारहरुलाई बजारले पचाएकाले बजार परिपक्व भएको बताए । ‘लगानीकर्ता अहिले चुनावी नतिजाको प्रतिक्षामा समेतका कारण पुस मसान्तसम्म बजार माथि नै जाने देखिन्छ ’ उनले भने ।  

हाई क्याप चल्न नसक्दा र ट्रेडरले लो क्याप भएका कम्पनी मात्रै चलाउदा बजारले २७८५ को प्रतिरोध ब्रेक गर्न नसकेको उनले बताए ।  

 

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज व्यवसाय समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ९.७० प्रतिशतले बढेर ५ हजार ६०.५८ विन्दुमा पुग्यो ।  

यस्तै आज होटल समूह ४.९९, हाईड्रो ०.६२,लगानी ०.६०,जीवन बीमा १.९१,उत्पादन तथा प्रशोधन ०.१५,लघुवित्त ०.१५,म्युचुअल फण्ड ०.४१ र निर्जीवन बीमा समूह ०.२० प्रतिशतले बढ्यो ।  

यो दिन बैंकिङ समूह ०.५९ प्रतिशत,विकास बैंक १.७२, वित्त समूह १.९७ र अज्य समूह ०.३६ प्रतिशले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५९ करोड ४७ लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको आज ४८ करोड ८९ लाख,जानकी फाइनान्सको २७ करोड ५१ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको २४ करोड २४ लाख र एक्सेल डेभलपमेन्ट बैंकको २१ करोड ७१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज तारागाँउ रिजेन्सी होटल,विशाल बजार,खानीखोला हाईड्रो,जोशी हाईड्रो र अपर स्याङ्गे हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै एलआईसी नेपालको सेयरमूल्य ९.३६ प्रतिशत,अपर लोहरे खोलाको ९.१९ र ओरियण्टल होटलको सेयरमूल्य ७.८० प्रतिशतले बढ्यो ।  

यो दिन नेपाल फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ८.७२ प्रतिशतले घट्यो । गुराँल लघुवित्तको सेयरमूल्य पनि आज ७.७३,विन नेपाल लघुवित्तको ६.०३ र सामुदायिक लघुवित्तको सेयरमूल्य ४.७६ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.