बुधबार, चैत्र २०,२०८१ 03:20:21
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:20:21
IME remit
Global IME Bank Limited

लगातार ७ दिन बढ्यो नेप्से, ८७.३९ अंकको सुधार

Hyundai Nepal
लगातार ७ दिन बढ्यो नेप्से, ८७.३९ अंकको सुधार
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२५ प्रतिशत अर्थात ७.१३ अंकले बढेर २ हजार ७६५.८८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले बढेर ४६०.०६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर ९ अर्ब ९० करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको वृद्धिसँगै सेयर बजार लागातार ७ दिन बढेको छ । यो अवधिमा सेयर बजार ८७.३९ अंकले बढ्यो ।  

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘ अहिले बजारले लय समात्नु मुख्य गरी दुईवटा कारण रहेका छन् । जसमा आउँदै गरेको मौद्रिक नीतिको समीक्षा र गभर्नरको बहिर्गमन विषय हो । विगतमा पनि नयाँ गभर्नर आउदै गर्दा पुराना गभर्नरको गल्तिहरु सुधारेका कारण लगानीकर्तामा मनोबल बढ्न गएको छ ।’

यस्तै उनले अहिले ब्याजदर सस्तो भएकाले समेत बजारमा अहिले दैनिक १०÷१२ अर्बको कारोबार निकै न्यून भएको र आगामी दिनमा ५० अर्बसम्म कारोबार हुने आँकलन गरे ।  

अर्का बजार जानकार तथा प्राविधिक विश्लेषक समेत रहेका सुवासचन्द्र ढुंगानाले पनि बजार यतिबेला बुलिस नै रहेको बताए । ‘यद्यपी सानो समय अवधिमा बजार सप्लाई जोनमा समेत रहेका कारण आगामी कारोबारमा ठूलो अंकको उतारचढाव देखिने सम्भावना छ, ’उनले भने ।  

उनले मौद्रिक नीतिको समीक्षा आउदै गर्नु र नयाँ गभर्नरको आगमनको विषयले बजार बढ्ने सम्भावना रहेको बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक अर्थात २.९० प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.०२ प्रतिशत, होटल ०.०५, लगानी ०.७७, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन ०.१८ र म्युचुअल फण्ड समूह ०.०५ प्रतिशतले बढ्यो ।  

यो दिन व्यापार समूह सर्वाधिक २.५१ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.१२ प्रतिशत, वित्त ०.७१, लघुवित्त ०.१५,निर्जीवन बीमा ०.२८ प्रतिशत र हाईड्रो समूह ०.०६ अंकले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब करोड २ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमाको पनि आज ८३ करोड ३ लाख,एचआईडीसीएलको २९ करोड ७५ लाख,एनआरएन इनफ्रास्ट्रक्चरको २७ करोड ४८ लाख र सिईडिबि होल्डिङग्सको २४ करोड ५१ लाख बढीको कारोबार भएको छ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज गार्डियन माइक्रो लाइफ र नेपाल ल्यूब आयलको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य ८.९६ प्रतिशत,भूगोल इनर्जीको ८.४१ र नेपाल पुनर्बीमाको सेयरमूल्य ६.२८ प्रतिशतले बढ्यो ।  

यो दिन विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य आज ८.८७ प्रतिशतले घट्यो । राप्ती हाईड्रोको सेयरमूल्य आज ६.६८ प्रतिशत, रिलायन्स फाइनान्सको ४.६१ र छ्याङदी हाईड्रोको सेयरमूल्य ४.१७ प्रतिशतले घट्यो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.