बुधबार, चैत्र २०,२०८१ 02:54:21
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:54:21
IME remit
Global IME Bank Limited

नेप्सेको लगातार ९ दिनको वृद्धिमा ब्रेक, जानकार भन्छन्, ‘नाफा बुक मात्रै हो, बजार थप मजबुत बन्छ’

Hyundai Nepal
नेप्सेको लगातार ९ दिनको वृद्धिमा ब्रेक, जानकार भन्छन्, ‘नाफा बुक मात्रै हो, बजार थप मजबुत बन्छ’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.४७ प्रतिशत अर्थात १३.६२ अंकले घटेर २ हजार ८७६.६६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७६ प्रतिशतले घटेर ४८०.५९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०० वटा स्क्रिप्टको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर १४ अर्ब २८ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  आज बजार घटेतापनि बजारको मोमेन्टम राम्रै छ । लगातार बढेको बजारमा एक दुई दिन करेक्सन हुनु सामान्य हो । बजारमा यतिबेला नयाँ पैसा आएको देखिन्छ ।’

थापाले बजारमा ट्रेडरभन्दा लगानीकर्ता नै हाबी भएको बताए । उनका अनुसार प्राविधिक रुपमा बजारले हालसम्म दुईवटा ग्याप अप ओपनिङ गरेको छ र यदि बजार ग्याप अप फिलिङ गर्न आउदैन भने इलिअट वेभको थर्ड वेभ हुने र बजार ४२ सय विन्दुसम्म पुग्न सक्छ ।  

नेपाल सेयरधनी संघका अध्यक्ष धनश्याम पाण्डेको विचारमा पनि अहिले बजारमा सकारात्मक माहौल बनेको, बैंकको आधारदर घटेको तथा लगानीकर्ताको मनोबल बढेको जस्ता विषयले बजार बुल ट्रेण्डमा चलेको छ । ‘आज १४ अर्बमाथिको कारोबार हुनुले बजार मजबुत अवस्थामै रहेको प्रष्ट भएको छ । आजको करेक्सन नाफा बुक मात्रै हो र यसले बजार थप मजबुत हुने देखिन्छ,’ उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक अर्थात १.६८ प्रतिशतले बढ्यो । यस्तै जीवन बीमा समूह ०.७७ प्रतिशत,उत्पादन तथा प्रशोधन ०.२५,म्युचुअल फण्ड १ र निर्जीवन बीमा समूह ०.४६ प्रतिशतले बढ्यो ।  

आज होटल समूह सर्वाधिक अर्थात १.८८ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज १.३५ प्रतिशत, विकास बैंक ०.८४, फाइनान्स ०.९३,हाईड्रो १.२१, लगानी ०.२४, लघुवित्त ०.८८ र व्यापार समूह ०.८४ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब ३८ करोड ७४ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको आज ७३ करोड ४२ लाख,हिमालयन डिस्टिलरीको ३६ करोड ३७ लाख,एचआईडीसीएलपीको ३४ करोड १९ लाख र सिन्धु विकास बैंकको २७ करोड ८२ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज गार्डियन माइक्रो लाइफको सेयरमूल्य १० प्रतिशतले बढ्यो । दिव्यश्वरी हाईड्रोपावरको सेयरमूल्य पनि आज ९.४५ प्रतिशत,सिन्धु विकास बैंकको ७.८५ र हिमालयन रि इन्स्योरेन्सको सेयरमूल्य ७.२५ प्रतिशतले बढ्यो ।  

समाज लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । उपकार लघुवित्तको सेयरमूल्य ७.२४ र बाराही हाईड्रोको सेयरमूल्य ६.७७ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.