आईतवार, बैशाख ६,२०८३ 11:12:16
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:12:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेको लगातार ९ दिनको वृद्धिमा ब्रेक, जानकार भन्छन्, ‘नाफा बुक मात्रै हो, बजार थप मजबुत बन्छ’

Bizshala
नेप्सेको लगातार ९ दिनको वृद्धिमा ब्रेक, जानकार भन्छन्, ‘नाफा बुक मात्रै हो, बजार थप मजबुत बन्छ’
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.४७ प्रतिशत अर्थात १३.६२ अंकले घटेर २ हजार ८७६.६६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७६ प्रतिशतले घटेर ४८०.५९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०० वटा स्क्रिप्टको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर १४ अर्ब २८ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  आज बजार घटेतापनि बजारको मोमेन्टम राम्रै छ । लगातार बढेको बजारमा एक दुई दिन करेक्सन हुनु सामान्य हो । बजारमा यतिबेला नयाँ पैसा आएको देखिन्छ ।’

थापाले बजारमा ट्रेडरभन्दा लगानीकर्ता नै हाबी भएको बताए । उनका अनुसार प्राविधिक रुपमा बजारले हालसम्म दुईवटा ग्याप अप ओपनिङ गरेको छ र यदि बजार ग्याप अप फिलिङ गर्न आउदैन भने इलिअट वेभको थर्ड वेभ हुने र बजार ४२ सय विन्दुसम्म पुग्न सक्छ ।  

नेपाल सेयरधनी संघका अध्यक्ष धनश्याम पाण्डेको विचारमा पनि अहिले बजारमा सकारात्मक माहौल बनेको, बैंकको आधारदर घटेको तथा लगानीकर्ताको मनोबल बढेको जस्ता विषयले बजार बुल ट्रेण्डमा चलेको छ । ‘आज १४ अर्बमाथिको कारोबार हुनुले बजार मजबुत अवस्थामै रहेको प्रष्ट भएको छ । आजको करेक्सन नाफा बुक मात्रै हो र यसले बजार थप मजबुत हुने देखिन्छ,’ उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक अर्थात १.६८ प्रतिशतले बढ्यो । यस्तै जीवन बीमा समूह ०.७७ प्रतिशत,उत्पादन तथा प्रशोधन ०.२५,म्युचुअल फण्ड १ र निर्जीवन बीमा समूह ०.४६ प्रतिशतले बढ्यो ।  

आज होटल समूह सर्वाधिक अर्थात १.८८ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज १.३५ प्रतिशत, विकास बैंक ०.८४, फाइनान्स ०.९३,हाईड्रो १.२१, लगानी ०.२४, लघुवित्त ०.८८ र व्यापार समूह ०.८४ प्रतिशतले घट्यो ।  

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब ३८ करोड ७४ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको आज ७३ करोड ४२ लाख,हिमालयन डिस्टिलरीको ३६ करोड ३७ लाख,एचआईडीसीएलपीको ३४ करोड १९ लाख र सिन्धु विकास बैंकको २७ करोड ८२ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज गार्डियन माइक्रो लाइफको सेयरमूल्य १० प्रतिशतले बढ्यो । दिव्यश्वरी हाईड्रोपावरको सेयरमूल्य पनि आज ९.४५ प्रतिशत,सिन्धु विकास बैंकको ७.८५ र हिमालयन रि इन्स्योरेन्सको सेयरमूल्य ७.२५ प्रतिशतले बढ्यो ।  

समाज लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । उपकार लघुवित्तको सेयरमूल्य ७.२४ र बाराही हाईड्रोको सेयरमूल्य ६.७७ प्रतिशतले घट्यो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.