आईतवार, बैशाख ६,२०८३ 11:15:20
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:15:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२६ बीमा कम्पनीको सेयरभाउ घट्यो, कमाउनेमा गार्डियन माइक्रो लाइफ मात्रै

Bizshala
२६ बीमा कम्पनीको सेयरभाउ घट्यो, कमाउनेमा गार्डियन माइक्रो लाइफ मात्रै
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको १ करोड २३ लाख ७१ हजार २८० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

आज सबै उपसूचक घटेको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह १.८५ प्रतिशत र निर्जीवन बीमा समूह २.०७ प्रतिशतले घटेको छ । बीमा कम्पनीहरुमा आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मात्रै सेयरभाउ बढेको छ । कम्पनीको सेयरभाउ १.६४ प्रतिशतले बढेर २ हजार ६९ रुपैयाँ पुगेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आज २६ बीमा कम्पनीको सेयरभाउ घटेको छ । सर्वाधिक गुमाउने कम्पनीमा नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.५२ प्रतिशतले घटेर ८२०.१५ रुपैयाँ कायम भएको छ । त्यस्तै, सन नेपाल लाइफको ३.३४ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ३.२९ प्रतिशत, सिद्धार्थ प्रिमियरको ३.२१ प्रतिशत, सानिमा जिआइसीको २.९४ प्रतिशत, युनाइटेड अजोडको २.८७ प्रतिशत, रिलायबल नेपाल लाइफको २.८४ प्रतिशत, हिमालयन रि को २.७४ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.७५ प्रतिशत, एलआइसी नेपालको २.६१ प्रतिशत, एशियन लाइफको २.४४ प्रतिशत र आइएमई लाइफको २.१३ प्रतिशतले घटेको छ । 

CG Motors
Garima Development Bank
IME remit

यसका साथै नेपाल लाइफको २.०२ प्रतिशत, नेशनल लाइफको १.९४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.९१ प्रतिशत, शिखर इन्स्योरेन्सको १.७७ प्रतिशत, हिमालयन लाइफको १.७६ प्रतिशत, नेको इन्स्योरेन्सको १.६७ प्रतिशत, सगरमाथा लुम्बिनीको १.६० प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.५० प्रतिशत, एनएलजीको १.४४ प्रतिशत, आरबीसीएलको ०.७७ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.४० प्रतिशतले सेयरभाउ घटेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.