काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.१० प्रतिशत अर्थात २.०६ अंकले बढेर १ हजार ९६०.८१ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ प्रतिशतले बढेर ३४९.५८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता सेयर २ अर्ब १४ करोड ५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘सरकारले नीतिमा कडाई गर्दा बजार माथि उठ्न सकेन । ५० लाख माथिको सेयर कर्जालाई अहिले पनि निरुत्साहित गरिएको छ । जसले गर्दा संस्थागत र ठूला लगानीकर्ता बजार छिर्ने बाटो बनेको छैन । धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त हुन पनि सकिरहेको छैन । यी र यस्तै कारणले बजारमा सुधार आउन सकेको छैन ।’
सरकारले नीतिगत सुधार गर्नुको विकल्प नरहेको लम्सालले बताए ।
त्यस्तै अर्का बजार जानकार प्रकाश रजौरेले पनि अर्थमन्त्रीको आश्वासन र पूँजी बजारप्रति सरकारको उदासिनताका कारण बजार बढ्न नसकेको बताए । ‘यद्यपी यो साताभित्र अर्थ मन्त्रालयले लगानीकर्तालाई माग सम्बोधनका लागि वार्तामा बोलाउने अपेक्षा गरिएको छ ।’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूह मात्रै बढे अन्य सबै समूहमा रातो पोतियो ।
आज लघुवित्त समूह सर्वाधिक बढ्यो । यो समूह आज २.४३ प्रतिशतले बढ्यो । आज विकास बैंक समूह ०.३१,म्युचुअल फण्ड ०.३० र अन्य समूह ०.७० प्रतिशतले बढ्यो ।
आज व्यापार समूहमा सबैभन्दा धेरै गिरावट आएको छ । यो दिन व्यापार समूह १.०९ प्रतिशतले घट्यो ।
त्यस्तै बैंकिङ समूह ०.०८, वित्त १.०२,होटल ०.०४,हाईड्रो ०.४४,लगानी ०.४९,जीवन बीमा ०.३० प्रतिशत उत्पादन तथा प्रशोधन ०.५५ र निर्जीवन बीमा ०.३० अंकले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन पोखरा फाइनान्सको सर्वाधिक अर्थात ८ करोड ३२ लाख बढीको सेयर कारोबार भएको छ ।
त्यस्तै आरएसडीसी लघुवित्तको ६ करोड ५७ लाख,हिमालयन लघुवित्त ५ करोड १७ लाख,हिमालयन रिको ४ करोड ३० लाख र नेपाल फाइनान्सको ४ करोड २७ लाख बढीको सेयर कारोबार भएको छ ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज हिमालयन लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्था ९.९९ प्रतिशतले बढ्यो । आज इन्फिनिटी लघुवित्तको ८.४७ प्रतिशत,समता घरेलु लघुवित्तको ७.४६ र सबैको लघुवित्तको सेयरमूल्य ७.०४ प्रतिशतले बढ्यो ।
यो दिन बोटलर्स नेपाल(तराई)को सेयरमूल्य सर्वाधिक अर्थात ६.२३ प्रतिशतले घट्यो ।
यसैगरी आज सिवाईसी लघुवित्तको सेयरमूल्य ५.९४,माउन्टेन हाईड्रोको ५.८४ र दोल्ती पावरको सेयरमूल्य ५.१२ प्रतिशतले घट्यो ।