आईतवार, बैशाख ६,२०८३ 11:17:13
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:17:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एकदिन पनि टिकेन नेप्सेको बढोत्तरी, सेबोनले अनुसन्धानका पुराना फाइल खोल्दा लगानीकर्तामा त्रास

Bizshala
एकदिन पनि टिकेन नेप्सेको बढोत्तरी, सेबोनले अनुसन्धानका पुराना फाइल खोल्दा लगानीकर्तामा त्रास
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.४० प्रतिशत अर्थात १०.५३ अंकले घटेर २ हजार ६२२.८८ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले घटेर ४५५.३१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा स्क्रिप्टको १ करोड ३७ लाख ३०७ कित्ता सेयर ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे बजार जानकार शालिकराम ढकाल भन्छन्, ‘राजनीतिक विषयका कारण हिजो एकाएक बजारमा उच्च अंकको बढोत्तरी देखिएको थियो । आज त्यसैको करेक्सन देखिएको हो, तर यो करेक्सन सामान्य नै मानिन्छ । लगानीकर्ताहरुले धेरै ठूलो अपेक्षा पनि राख्नु हुँदैन । राजनीतिक माहोल राम्रो बन्दै गएपछि सेयरबजार पनि विस्तारै राम्रो हुँदै जान्छ । आज बजार सामान्य घट्दा आत्तिहाल्नुपर्ने अवस्था छैन ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यस्तै, अर्का बजार जानकार नयन बास्तोला भन्छन्, ‘अझैपनि राजनीतिक अन्योलता भएका कारण लगानीकर्ताहरुमा मनोबल खासै बढ्न सकिरहेको छैन । साथै धितोपत्र बोर्डले शंकास्पद कारोबारको फाइल खोल्ने कुरा छ, तर कारबाही प्रक्रिया अघि बढाउन सकिरहेको छैन । त्यस्ता शंकास्पद कारोबार गर्नेहरुलाई अन द स्पट बोर्डले कारबाही गर्नुपर्ने व्यवस्था गरिनुपर्दछ, तबमात्र मार्केट स्थिर हुन सक्छ । यस्ता खालका गतिविधिले मार्केटलाई प्रभाव पार्दछ । बाँकी राजनीतिक पक्षले पनि बजार बढाउन सकिरहेको छैन । सम्भवतः समानुपातिकतर्फको आज लिस्ट बुझाउनुपर्ने हुँदा भोलिबाट बजारले लय समाउला भन्ने अपेक्षा हो ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज विकास बैंक र म्युचुअल फण्ड समूह मात्रै बढे । यी समूहहरु क्रमशः ०.६७ र ०.२५ प्रतिशतले बढे ।

यो दिन जीवन बीमा समूह सर्वाधिक अर्थात ०.८५ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३८, फाइनान्स ०.०४, होटल ०.१२, हाईड्रो ०.७८, लगानी ०.२२, उत्पादन तथा प्रशोधन ०.०१, लघुवित्त ०.०८, निर्जीवन ०.२२, अन्य ०.८२ र व्यापार ०.६३ प्रतिशतले घट्यो ।

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

आज एसवाई प्यानल नेपालको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २३ करोड २ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, मन्जुश्री फाइनान्सको १७ करोड ९८ लाख, शिवम् सिमेन्टको १३ करोड ६३ लाख, ङादी ग्रुप पावरको १२ करोड १० लाख र हिमालयन रि इन्स्योरेन्सको १० करोड ९२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज एसवाई प्यानल नेपाल र ग्लोबल आइएमई समुन्नत योजना–२ मा अपर सर्किट लाग्यो । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.७६ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ६.५४ र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.८५ प्रतिशतले बढ्यो ।

यो दिन विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घटेर लोवर सर्किट लाग्यो । सुपरमादी हाईड्रोपावरको सेयरमूल्य पनि आज ३.८३ प्रतिशत र मानुषी लघुवित्तको सेयरमूल्य ३.२३ प्रतिशतले घट्यो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.