आईतवार, बैशाख ६,२०८३ 11:16:05
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:16:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल पुनर्बीमा र हिमालयन रि इन्स्योरेन्स

Bizshala
२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल पुनर्बीमा र हिमालयन रि इन्स्योरेन्स
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका सबै उपसूचक बढेको छ । बीमा समूहको दुईवटै उपसूचक बृद्धि भएको छ । जीवन बीमा समूह १.८९ प्रतिशत र निर्जीवन बीमा उपसूचक १ प्रतिशतले बृद्धि भएको छ । नेको इन्स्योरेन्स बाहेक आज सबै बीमा कम्पनीको सेयरभाउ बढेको छ । कम्पनीको सेयरभाउ ०.०१ प्रतिशतले घटेर ९४२.९० रुपैयाँ कायम भएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आज सर्वाधिक कमाउने बीमा कम्पनीमा भने नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स रहेको छ । नेपाल रि को सेयरभाउ ५.४६ प्रतिशतले बढेर ९२० रुपैयाँ र हिमालयन रि को सेयरभाउ ४.५३ प्रतिशतले बढेर ८७६ रुपैयाँ पुगेको छ । त्यस्तै, नेशनल लाइफको ४.४३ प्रतिशत, हिमालयन एभरेष्टको ३.१७ प्रतिशत, आइएमई लाइफको २.८४ प्रतिशत, हिमालयन लाइफको २.८१ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.५७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.०८ प्रतिशत, सुर्यज्योति लाइफको १.८८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.८२ प्रतिशत, एलआइसी नेपालको १.७५ प्रतिशत, नेपाल लाइफको १.७२ प्रतिशत र सगरमाथा लुम्बिनीको १.५४ प्रतिशतले सेयरभाउ बढेको छ । 

CG Motors
Garima Development Bank
IME remit

यसका साथै सानिमा रिलायन्स लाइफको १.४१ प्रतिशत, एनएलजीको १.२९ प्रतिशत, एशियन लाइफको १.२४ प्रतिशत, युनाइटेड अजोडको ०.९० प्रतिशत, शिखरको ०.८८ प्रतिशत, सानिमा जिआइसीको ०.८५ प्रतिशत, सन नेपाल लाइफको ०.७८ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३६ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३१ प्रतिशत र आरबीसीएलको ०.०४ प्रतिशतले सेयरभाउ बढेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.