बुधबार, भाद्र २५,२०८२ 10:15:04
  • बुधबार, भाद्र २५,२०८२ 10:15:04
Global IME Bank Limited

आज पनि ओरालो लाग्यो नेप्से, जानकार भन्छन्,‘छिट्टै केहि सकारात्मक विषय आउँदैछन्’

Hyundai Nepal
आज पनि ओरालो लाग्यो नेप्से, जानकार भन्छन्,‘छिट्टै केहि सकारात्मक विषय आउँदैछन्’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७६ प्रतिशत अर्थात १५.६२ अंकले घटेर १ हजार ९५८.७५ विन्दुमा सीमित बनेको छ ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ३४७.८० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर २ अर्ब ८९ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘आज केहि ट्रेडर हाबी बन्दा बजार घटेको हो । आज फाइनान्स र विकास बैंकमा नाफा बुक  हुँदा बजार घट्न पुगेको हो । अब केहि बजारका लागि केहि सकारात्मक विषयहरु पनि आउँदैछन् । ब्रोकर कमिसन घट्ने भएको छ र बजेटमार्फत पनि केहि सुधार हुन सक्ने देखिन्छ ।’  

प्राविधिक रुपमा अहिले १९५० को सर्पोट जोनमा रहेको यहिबाटै पनि बजार फर्कन सक्ने र अधिक करेक्सन भएको खण्डमा १९१० देखि १९ सयसम्म पनि बजार आउन सक्ने थापाले बताए ।

अर्का बजार जानकार दामोदर गजुरेलले सरकारको अस्थिरता र नीतिगत अस्पष्टताका कारण केहि दिनदेखि बजार घटिरहेको बताए । ‘माओवादी सरकारसँग मारवाडी समूदायले विस्वस्त हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा पैसा भएतापनि बजारमा आउन सकेन । यद्यपी अब बजेट आउँदै गर्दा नेप्से धेरै घट्ने ठाउँ देखिन्न ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये विकास बैंक समूहबाहेक अन्य सबै समूहमा रातो पोतियो । आज विकास बैंक समूह ०.२३ प्रतिशतले बढ्यो ।  

आज फाइनान्स समूहमा सबैभन्दा धेरै गिरावट आयो । यो समूह १.९६ प्रतिशतले घट्यो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै बैंकिङ समूह ०.६३, वित्त १.९६, होटल ०.१६,हाईड्रो ०.४४,लगानी ०.६१,जीवन बीमा ०.४६,उत्पादन तथा प्रशोधन ०.२८,लघुवित्त १.८१,म्युचुअल फण्ड ०.१४,निर्जीवन बीमा १.०८,अन्य १.६८ र व्यापार समूह ०.७९ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिटिजन लाइफको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको ३१ करोड ९८ लाख बढीको सेयर कारोबार भयो । यो दिन नेपाल फाइनान्सको १० करोड ८१ लाख,पोखरा फाइनान्स ९ करोड ८० लाख, हिमालयन रिको ६ करोड ६५ लाख र गोर्खाज फाइनान्सको ६ करोड ३६ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज बोटलर्स नेपाल(तराई)को सेयरमूल्य सर्वाधिक अर्थात ९.०३ प्रतिशतले बढ्यो । आज माउन्टेन हाईड्रोको सेयरमूल्य ८.५२ प्रतिशत,सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ५.१३,दिव्यश्वरी हाईड्रोको ४.९२ र बाराही हाईड्रोको सेयरमूल्य ४.०५ प्रतिशतले बढ्यो ।  

आज पोखरा फाइनान्स र दोल्ती पावरको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यससँगै आज यी दुवै कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो ।  

त्यस्तै आज पिपुल्स पावरको सेयरमूल्य ७.९४ र समता घरेलु लघुवित्तको सेयरमूल्य ६.३० प्रतिशतले घट्यो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.