बुधबार, चैत्र २०,२०८१ 03:39:21
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:39:21
IME remit
Global IME Bank Limited

नेप्सेको वृद्धि यात्रा आज पनि जारी, जानकार भन्छन्, ‘आधारभूत र प्राविधिक रुपमा बजार बलियो’

Hyundai Nepal
नेप्सेको वृद्धि यात्रा आज पनि जारी, जानकार भन्छन्, ‘आधारभूत र प्राविधिक रुपमा बजार बलियो’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक १.३९ प्रतिशत अर्थात ३७.१३ अंकले बढेर २ हजार ६९०.७२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५३ प्रतिशतले बढेर ४३८.७८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘बजारमा लगभग करेक्सन सकिएर पनि ४–५ दिन बजार बढेको छ । यसले अब ठूलो करेक्सन नआउने र बजार ३ हजारदेखि ३२ सयसम्म पुग्न सक्ने देखिन्छ ।’

आधारभूत रुपमा पनि ब्याजदर घट्दो भएकाले र राष्ट्र बैंकले तरलता खिचिरहेका कारणले पनि ब्याजदर अझै घट्न सक्ने थापाले बताए । उनका अनुसार आधारभूत र प्राविधिक रुपमा पनि बजार माथि नै जानेछ ।  

अर्का बजार जानकार दामोदर गजुरेलले पनि आधारभूत र प्राविधिक रुपमा बजार  बलियो अवस्थामै रहेको छ । ‘बोलिङ्गर ब्याण्डमा अप ट्रेण्ड देखिन्छ, म्याक्डिमा बाई सिग्नल देखिन्छ र मनीफ्लो इन्डेक्समा स्मार्ट लगानीकर्ताले सेयर खरिद गरेको देखिन्छ । यस कारण बजारले अप ट्रेण्ड नै लिने सम्भावना देखिन्छ ।’

अहिले रेमिट्यान्स बढेका कारण चाडवाड पछि व्यापार र बचेको पैसा पुनःसेयर बजारमै फर्कने ठम्याई गजुरेलको रहेको छ ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज होटल समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ३.५० प्रतिशतले बढेर ६ हजार ७४९ विन्दुमा पुग्यो ।  

यस्तै आज वाणिज्य बैंक समूह १.९० प्रतिशत, विकास बैंक १.१९,हाईड्रो १.०५,लगानी १.४६,जीवन बीमा १.११,लघुवित्त १.५१,म्युचुअल फण्ड ०.३४,निर्जीवन बीमा ०.८८ र अन्य समूह २.६१ प्रतिशतले बढ्यो ।  

आज वित्त समूह ०.७१ र उत्पादन तथा प्रशोधन समूह १.२९ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन चन्द्रागिरी हिल्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २६ करोड २३ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको आज २४ करोड ११ लाख,हिमालयन रि इन्स्योरेन्सको २३ करोड ७८ लाख,नेपाल फाइनान्सको २३ करोड ५१ लाख र गूडविल फाइनान्सको २३ करोड बढ्रीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज थ्रिस्टार हाईड्रो र दोल्ती पावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो । एनआईसी एशिया फ्लेक्सी फण्डको इकाई मूल्य ८.८० प्रतिशत,जोशी हाईड्रोपावरको सेयरमूल्य ८.४२ प्रतिशत,पिपुल्स हाईड्रो पावरको ७.५९ र पाँचथर पावरको सेयरमूल्य ७.५८ प्रतिशतले बढ्यो ।  

यो दिन इष्टर्न हाईड्रोको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.