शुक्रबार, आश्विन १६,२०८३ 04:45:34
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 04:45:34
Bizshala
Global IME Bank Limited

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘सेन्टिमेन्ट नेगेटिभ छ, बजार साइडवेजमै’

Bizshala
दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘सेन्टिमेन्ट नेगेटिभ छ, बजार साइडवेजमै’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३५६ कम्पनीको १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज म्युचुअल फण्ड र व्यापार समूहबाहेकका सबै समूह राताम्य भएका छन् । म्युचुअल फण्ड समूह ०.२० प्रतिशत र व्यापार समूह ०.६० प्रतिशतले बढेको छ ।  

सर्वाधिक घट्नेमा भने उत्पादन तथा प्रशोधन समूह रहेको छ । यो समूह आज ०.७३ प्रतिशतले घटेको छ ।  

त्यस्तै, बैंकिङ समूह ०.३६ प्रतिशत, विकास बैंक समूह ०.५१ प्रतिशत, फाइनान्स समूह ०.२२ प्रतिशत, होटल तथा पर्यटन समूह ०.५२ प्रतिशत, लगानी समूह ०.४९ प्रतिशत, जीवन बीमा समूह  ०.३० प्रतिशत, माइक्रोफाइनान्स समूह ०.४१ प्रतिशत, निर्जीवन बीमा समूह ०.०६ प्रतिशत र अन्य समूह ०.१२ प्रतिशतले घटेको छ ।  

आजको बजारबारे सेयर लगानीकर्ता तथा प्राविधिक विश्लेषक अजयसिं थापा (जय शम्भु) भन्छन्, ‘लामो समयदेखि बजारको सेन्टिमेन्ट पोजेटिभ छैन, बजार साइडवेजमै चलिरहेको छ । अहिले बजारमा कारोबार पनि कम छ, यसकारण बजार बढ्न सकिरहेको छैन । नयाँ लगानीकर्ताहरु पनि बजार प्रवेश गर्न चाहिरहेका छैनन् । ट्रेडरहरु समेत बजारमा एक्टिभ छैनन् । बजारप्रति लगानीकर्ताहरु आशावादी छैनन् । साथै बजारलाई अहिले चाडपर्वको समयको कारण पनि थोरै प्रभाव पारेको छ । सरकारप्रतिको अविश्वासको कारण नै बजार बढ्न नसक्नुको मुख्य कारण हो । घटेपनि २४ सय भन्दा तल नजाला भन्ने सम्भावना देखिन्छ ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक कमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक सेयरभाउ बढ्ने स्टकमा एनएमबि डिबेञ्चर रहेको छ । डिबेञ्चरको मूल्य १४.२९ प्रतिशतले बढेर १४०० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, एबीएल डिबेञ्चरको ८.८० प्रतिशत, माण्डू हाइड्रोको ५.४५ प्रतिशत, लक्ष्मी उन्नती कोषको ४.६२ प्रतिशत, एनआइबीएल ग्रोथ फण्डको ३.९७ प्रतिशत, एनआईएमबी डिबेञ्चरको ३.८१ प्रतिशत, एभरेष्ट बैंकको २.९९ प्रतिशत, आरबीबी म्यचुुअल फण्ड–२ को २.९३ प्रतिशत, ७% नबिल डिबेञ्चरको २.६० प्रतिशत र बेष्ट फाइनान्सको २.२९ प्रतिशतले बढेको छ ।  

सर्वाधिक घट्ने शीर्ष १० कम्पनी 

बिहीबारको सेयर कारोबारमा सिन्धु विकास बैंक लिमिटेड (SINDU) को सेयरमूल्य सर्वाधिक घटेको छ।

कारोबार विवरणअनुसार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४१ रुपैयाँ ९० पैसाले अर्थात् ८.५५ प्रतिशतले घटेर ४४८ रुपैयाँ मा सीमित भएको छ।

त्यस्तै, DLBS को सेयरमूल्य ४.९५ प्रतिशतले घटेर १ हजार ९० रुपैयाँ १० पैसा कायम भएको छ। यसको मूल्य प्रतिकित्ता ५६ रुपैयाँ ८० पैसाले घटेको हो।

MKCL को सेयरमूल्य ३६ रुपैयाँ ९० पैसाले घटेर ८१० रुपैयाँ १० पैसा कायम भएको छ। कम्पनीको मूल्य ४.३६ प्रतिशत घटेको हो।

त्यसैगरी, APHL को सेयरमूल्य ४.२४ प्रतिशतले घटेर ५९१ रुपैयाँ ८० पैसा र SAPIL को सेयरमूल्य ४.१४ प्रतिशतले घटेर १ हजार २२६ रुपैयाँमा झरेको छ।

आज HFIN को सेयरमूल्य ३.७६ प्रतिशतले घटेर ५६० रुपैयाँ पुगेको छ भने ENL को मूल्य ३.६२ प्रतिशतले घटेर ४९८ रुपैयाँ ३० पैसा कायम भएको छ।

HATHY को सेयरमूल्य पनि ३.३० प्रतिशतले घटेको छ। कम्पनीको सेयरमूल्य प्रतिकित्ता १५ रुपैयाँ घटेर ४४० रुपैयाँ मा सीमित भएको छ।

यस्तै, ILBS को सेयरमूल्य ३.२६ प्रतिशतले घटेर ९१७ रुपैयाँ र SNORL को सेयरमूल्य ३.०७ प्रतिशतले घटेर ८१८ रुपैयाँ कायम भएको छ।

आज सर्वाधिक घटेका १० कम्पनीमध्ये विकास बैंक, लघुवित्त, जलविद्युत् तथा अन्य समूहका कम्पनीहरू समावेश भएका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.