मंगलवार, कार्तिक ३,२०८३ 03:31:10
  • मंगलवार, कार्तिक ३,२०८३ 03:31:10
Global IME Bank Limited

चार दिनपछि नेप्सेमा सुधार, कारोबार समेत बढ्यो

Bizshala
चार दिनपछि नेप्सेमा सुधार, कारोबार समेत बढ्यो
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.०७ प्रतिशत अर्थात २.०८ अंकले बढेर २ हजार ६५८.०२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले बढेर ४४७.२६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर ७ अर्ब ८७ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन बजारमा ७  अर्ब ५७ करोड बढीको कारोबार भएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे नेपाल सेयरधनी संघका उपाध्यक्ष कमलराज अधिकारी भन्छन्,  ‘गभर्नर नियुक्तीमा ढिलाई हुँदा लगानीकर्ताको मनोलब घटेको छ । यही कारण बजारमा राम्रो सुधार आएको छैन ।’

यद्यपी आगामी सातासम्म गभर्नर नियुक्त हुने र बजारले राम्रो गति लिनेमा उनी ढुक्क देखिए । पछिल्लो समयको बजारको घटाईलाई लगानीकर्ताले अवसरको रुपमा लिएको समेत उनले बताए ।  

अर्का बजार जानकार पर्वत विष्टले पनि सरकारका केही मन्त्रीहरु हट्नु तथा हटाइनु, राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाई हुनु र सडकमा विभिन्न पेशाकर्मीको आन्दोलनका कारण बजारले गति लिन नसकेको बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो। आज लगानी समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज २.३२ प्रतिशतले बढ्यो ।  

यस्तै आज व्यापार समूह २.१० प्रतिशत,हाईड्रो ०.२०,लगानी २.३२ र म्युचुअल फण्ड ०.३० प्रतिशतले बढ्यो ।  

होटल समूह आज सर्वाधिक अर्थात ०.९६ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि ०.१३ प्रतिशत, विकास बैंक ०.९०,फाइनान्स ०.९५,जीवन बीम ०.४२, उत्पादन तथा प्रशोधन ०.१४, लघुवित्त ०.४२,निर्जीवन बीमा ०.३० र अन्य समूह ०.११ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७० करोड ३४ लाख बढीको कारोबार भयो । राधी विद्युत कम्पनीको पनि आज ५७ करोड २३ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ५२ करोड ५२ लाख, युनिभर्सल पावरको ४७  करोड ३ लाख र एचआईडीसीएलको २८ करोड २८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै महुली लघुवित्तको सेयरमूल्य ७.२० प्रतिशत,ङादी ग्रुप पावरको ७.१० र एनआरएन इन्फ्रास्ट्रक्चरको ७.०१ प्रतिशतले बढ्यो ।  

नेपाल हाईड्रो डेभलपर्सको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य आज ६.८८ प्रतिशतले घट्यो । गुराँस लघुवित्तको सेयरमूल्य पनि आज ५.४१ प्रतिशत र सिन्धु विकास बैंकको सेयरमूल्य ५.३४ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.