बुधबार, भाद्र २५,२०८२ 10:18:00
  • बुधबार, भाद्र २५,२०८२ 10:18:00
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावटका साथ साताको सुरुवात, फाइनान्स समूह सर्वाधिक घट्यो

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको गिरावटका साथ साताको सुरुवात, फाइनान्स समूह सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९६ प्रतिशत अर्थात २५.४१ अंकले घटेर २ हजार ६०९.६७ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०१ प्रतिशतले घटेर ४४३.९९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०१ वटा स्क्रिप्टको ८० लाख २१ हजार ६३१ कित्ता सेयर ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको बजारबारे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सञ्चालक विरेन्द्र विष्ट भन्छन्,  ‘लगानीकर्तामा बैंकको त्रैमासिक प्रतिवेदन नराम्रो आउने अफवाहले डेरा जमाउदा आज बजार घटेको हो । सरकारले अध्यादेशमार्फ राम्रा नीतिहरु ल्याएका कारण बजार २५८० विन्दुभन्दा तल जादैन ।’

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले आज लगानीकर्ता पर्ख र हेरको अवस्थामा भएका कारण आज कारोबार धेरै हुन नसकेको तथा बजारले पनि गति नलिएको बताए । ‘लगानीकर्ता दोस्रो त्रैमासिक प्रतिवेदनको प्रतिक्षामा छन् । लगानीकर्ता बैंकको ब्याजदर हेरेर लगानीकर्ता गर्ने मनसायमा समेत देखिन्छन्,’ उनले भने ।        

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । फाइनान्स समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज ३.६० प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.८६ प्रतिशत, विकास बैंक १.६०, होटल ०.७७,हाईड्रो १.४४,लगानी ०.३९,जीवन बीमा ०.१२, उत्पादन तथा प्रशोधन १.३६,लघुवित्त ०.८७,म्युचुअल फण्ड ०.४२,निर्जीवन बीमा ०.७३,अन्य ०.६० र व्यापार समूह १.१० प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २० करोड ४१ लाख बढीको कारोबार भयो । सिन्धु विकास बैंकको आज १८ करोड ८० लाख,सिंगटी हाईड्रोको १६ करोड ४९ लाख, हिमालयन पावर पार्टनरको १३ करोड ३४ लाख र नेपाल लाइफको ७ करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो । यस्तै नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ४.८७ प्रतिशत र हिमालयन पावर पार्टनरको सेयरमूल्य ४.३४ प्रतिशतले बढ्यो ।  

न्यादी हाईड्रोको सेयरमूल्य आज सर्वाधिक घट्यो । कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो । सुपर मादी हाईड्रोको सेयरमूल्य पनि आज ७.१० प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.८४ प्रतिशतले घट्यो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.