आईतवार, बैशाख ६,२०८३ 11:14:11
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:14:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

Bizshala
१७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ९ वटा समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह १.९१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.२० प्रतिशतले बढेको छ । आज १७ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा एलआइसी नेपाल रहेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीको सेयरभाउ ९.३६ प्रतिशतले बढेर १४६० रुपैयाँ पुगेको छ । त्यस्तै, सानिमा जिआइसीको ३.६० प्रतिशत, सिटिजन लाइफको २.१८ प्रतिशत, युनाइटेड अजोडको २.०९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.३५ प्रतिशत, सन नेपाल लाइफको १.३० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.२६ प्रतिशत, एशियन लाइफको १.०८ प्रतिशत, हिमालयन एभरेष्टको ०.८४ प्रतिशत, सलिकोको ०.८२ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.४६ प्रतिशत, आइएमई लाइफको ०.४१ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३८ प्रतिशत, हिमालयन लाइफको ०.१७ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.११ प्रतिशत र नेको इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरभाउ बढेको छ । 

CG Motors
Garima Development Bank
IME remit

आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.६० प्रतिशतले घटेर ९२० रुपैयाँ कायम भएको छ । त्यस्तै, आरबीसीएलको ०.९९ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.७१ प्रतिशत, नेशनल लाइफको ०.४३ प्रतिशत, सुर्यज्योति लाइफको ०.३७ प्रतिशत, हिमालयन रि को ०.३६ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.१३ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.०८ प्रतिशतले सेयरभाउ घटेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.