आईतवार, बैशाख ६,२०८३ 11:14:10
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:14:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१८ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

Bizshala
१८ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह १.०८ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.५७ प्रतिशतले घटेको छ । आज १८ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ ।कम्पनीको सेयरभाउ आज १० प्रतिशतले बढेर २२३४ रुपैयाँ ८० पैसा पुगेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यस्तै, एशियन लाइफको ०.८८ प्रतिशत, गार्डियन माइक्रो लाइफको २.०२ प्रतिशत, आइएमई लाइफको ०.१० प्रतिशत, एलआइसी नेपालको ३.८७ प्रतिशत, नेपाल लाइफको ०.०२ प्रतिशत, नेशलन लाइफको ०.०२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.६७ प्रतिशत, सूर्यज्योति लाइफको ०.४८ प्रतिशत र सन नेपाल लाइफको ०.६३ प्रतिशतले सेयरभाउ बढेको छ। यता निर्जीवन बीमा कम्पनीहरुतर्फ हिमालयन एभरेष्टको ०.१३ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.१२ प्रतिशत, नेको इन्स्योरेन्सको १.८० प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.२९ प्रतिशत, सानिमा जिआइसीको ०.०७ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.२४ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.६८ प्रतिशतले सेयरभाउ बढेको छ । साथै पुनर्बीमातर्फको हिमालयन रि को सेयरभाउ पनि ०.२५ प्रतिशतले बढेर ९३७.७० रुपैयाँ पुगेको छ । 

CG Motors
Garima Development Bank
IME remit

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ आज एकैदिन ६.३९ प्रतिशतले घटेर २३ सय रुपैयाँमा कायम भएकोछ । यसका साथै आइजीआई प्रुडेन्सियलको १.०६ प्रतिशत, एनएलजीको ०.४३ प्रतिशत, आरबीसीएलको ०.८२ प्रतिशत, सलिकोको १.४७ प्रतिशत, युनाइटेड अजोडको १.०७ प्रतिशत, सिटिजन लाइफको ०.१६ प्रतिशत, हिमालयन लाइफको ०.११ प्रतिशत, रिलायबल नेपाल लाइफको १.०७ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.७३ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको १.४० प्रतिशतले सेयरभाउ घटेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.