मंगलवार, मंसिर २३,२०८२ 11:43:39
Bizshala
  • मंगलवार, मंसिर २३,२०८२ 11:43:39
Bizshala
Global IME Bank Limited
Bizshala

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा आइएमई लाइफ

Hyundai Nepal
२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा आइएमई लाइफ
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ७.३९ अंकले बढेर २६१४.७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.८२ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.१७ प्रतिशतले घटेको छ । 

आज २४ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने कम्पनीमा आइएमई लाइफ इन्स्योरेनस रहेको छ । कम्पनीको सेयरभाउ ३.२० प्रतिशतले बढेर ४७४ रुपैयाँ ७० पैसा पुगेको छ । 

CG Motors
Garima Development Bank
IME remit

त्यस्तै, एशियन लाइफको १.०९ प्रतिशत, सिटिजन लाइफको ०.९१ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.४९ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.७१ प्रतिशत, हिमालयन लाइफको ०.२७ प्रतिशत, एलआइसी नेपालको ०.३३ प्रतिशत, नेपाल लाइफको ०.७३ प्रतिशत, नेशनल लाइफको ०.०८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.०४ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३१ प्रतिशत, सूर्यज्योति लाइफको १.१९ प्रतिशत, सन नेपाल लाइफको १.५८ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.५२ प्रतिशतले सेयरभाउ बढेको छ । 

साथै हिमालयन एभरेष्टको ०.५० प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.०२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.३९ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२८ प्रतिशत, सलिकोका ०.६८ प्रतिशत, शिखरको ०.५६ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१५ प्रतिशत, युनाइटेड अजोडको १.४८ प्रतिशत, हिमालयन रि को ०.२४ प्रतिशत, नेपाल रि को ०.८५ प्रतिशतले सेयरभाउ बढेको छ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा आरबीसीएल रहेको छ । कम्पनीको सेयरभाउ १.९७ प्रतिशतले घटेर १४ हजार ७१०.१० रुपैयाँ कायम भएको छ । त्यस्तै, एनएलजीको ०.१४ प्रतिशत, नेपाल माइक्रो इन्योरेनसको ०.७९ प्रतिशत, प्रभुको ०.१९ प्रतिशत र सानिमा जिआइसीको ण्.१९ प्रतिशतले घटेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.