बुधबार, भाद्र ३,२०८३ 04:01:33
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 04:01:33
Bizshala
Global IME Bank Limited

घटेर २७ सय विन्दु तल झर्यो सेयरबजार, कारोबार रकम पनि खुम्चियो

घटेर २७ सय विन्दु तल झर्यो सेयरबजार, कारोबार रकम पनि खुम्चियो
New Office

काठमाण्डौ । मंगलबारको कारोबारमा पनि सेयरबजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.१७ प्रतिशत अर्थात ४.६४ अंकले घटेर २ हजार ६९६.६७ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले घटेर ४७०.७९ विन्दुमा झरेको छ ।

आज नेप्सेमा सूचीकृत ३४२ वटा स्क्रिप्टको १ करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४२ करोड ७३ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ६ अर्ब २६ करोड बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार तथा प्राविधिक विश्लेषक अजयसिं थापा (जय शम्भु) भन्छन्, ‘अहिले बजारमा खासै केही परिवर्तन छैन, मार्केट बढ्ने सिजन भएपनि बजारले लय लिन सकिरहेको छैन । पोहोर असार महिनामा १० अर्बमाथिको भोल्युम आएको थियो तर यस वर्ष बजारमा जम्मा ४–५ अर्बको कारोबार सीमित छ । यस हिसाबमा पनि बजारमा लगानीकर्ता आएका छैनन् वा ठूलो भोल्युम ल्याउने लगानीकर्ता मार्केटमा सक्रिय छैनन् भन्ने बुझिन्छ । जबसम्म बजारमा भोल्युम बढ्दैन तबसम्म बजार सस्टेन हुने देखिदैन ।’

उनले थपे, ‘साना लगानीकर्ताले मात्रै बजार धान्न गाह्रो छ । यो सिजन बजार घट्ने धेरै सम्भावना छ । केहीगरी ‘गुड न्युज’ आइहाले पनि १००–१५० अंकले बजार बढ्ला तर ३ हजारको आसपास बजार पुग्न अब असम्भव नै छ । बजारमा अब ठूलो र्याली आउने सम्भावना न्यून छ । अझैपनि ठूला लगानीकर्ता बजार प्रवेश नगर्ने हो भने बजारले २४ सयको लो बटन ब्रेक गर्ने सम्भावना रहन्छ ।’

Bizshala
CG Motors

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये चारवटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक अर्थात ०.७४ प्रतिशतले बढ्यो । यस्तै फाइनान्स ०.०६, होटल ०.१८ र हाईड्रो ०.१५ प्रतिशतले बढ्यो ।

अन्य समूह आज सर्वाधिक अर्थात ०.८० प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.०७ प्रतिशत, विकास बैंक समूह ०.१९, लगानी ०.७९, जीवन बीमा ०.५८, उत्पादन तथा प्रशोधन ०.२६, लघुवित्त ०.१३, म्युचुअल फण्ड ०.४६ र निर्जीवन बीमा ०.२४ प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज सेन्ट्रल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २७ करोड १४ लाख बढीको सेयर कारोबार भयो । यस्तै सिडी पावरको २१ करोड २१ लाख, सोलु हाईड्रोको १९ करोड ९ लाख, ग्लोबल आइएमई बैंकको १६ करोड ७८ लाख र रिलायन्स स्पीनिङ मिल्सको १६ करोड १३ लाख बढीको कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज एभरेष्ट कलर लिमिटेडको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै लक्ष्मी उन्नती कोषको मूल्य ९.१० प्रतिशत, गरिमा समृद्धि योजनाको ५.९८ र याम्बालिङ हाईड्रोको मूल्य ४.३९ प्रतिशतले बढ्यो ।

यो दिन कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ६.०७ प्रतिशतले घट्यो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.