मंगलवार, कार्तिक ३,२०८३ 03:30:04
  • मंगलवार, कार्तिक ३,२०८३ 03:30:04
Global IME Bank Limited

झिनो अंकले बढ्यो नेप्से, कारोबार भने खुम्चियो

Bizshala
झिनो अंकले बढ्यो नेप्से, कारोबार भने खुम्चियो
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.११ प्रतिशत अर्थात २.९५ अंकले बढेर २ हजार ६३३.८७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०८ प्रतिशतले बढेर ४५१.६६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन ५ अर्ब ९३ करोड बढीको कारोबार भएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्,  ‘बजारमा विभिन्न अफवाहले गर्दा बजार माथि जान सकेको छैन । बजारलाई खासै नीतिगत सपोर्ट भएको छैन ।’

यद्यपी अब गभर्नरको कार्यकाल सकिन लागेकाले बजार २६ सय विन्दुभन्दा तल नजाने उनले दाबी गरे ।  

यस्तै अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरेले २–३ वटा कारणले बजारमा पछिल्लो समय गति लिन नसकेको बताए । ‘मौद्रिक नीतिको समीक्षामा नीतिगत परिवर्तन केही पनि नआउनु ब्याजदर घट्न रोकिनु जस्ता कारणले यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्,’ उनले भने ।  

घटेर बेच्न नचाहेका कारण आज बजार स्थिर देखिएको घिमिरेले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छायो । आज फाइनान्स समूहमा सर्वाधिक वृद्धि देखियो। यो समूह आज ०.८७ प्रतिशतले बढेर ३ हजार १४२ विन्दुमा पुग्यो ।  

यस्तै बैंकिङ समूह ०.१७ प्रतिशत, होटल ०.१८,हाईड्रो ०.१४,लघुवित्त ०.५६,निर्जीवन बीमा ०.१९, अन्य ०.१३ र व्यापार समूह ०.५९ प्रतिशतले बढ्यो ।  

आज विकास बैंक समूह ०.६५ प्रतिशत,लगानी ०.२१, जीवन बीमा ०.१५,उत्पादन तथा प्रशोधन ०.४४ र म्युचुअल फण्ड ०.४८ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २२ करोड २४ लाख बढीको कारोबार भयो । नेपाल फाइनान्सको आज १५ करोड ८ लाख, रिभर फल्स पावरको १२ करोड ४५ लाख,वेष्ट फाइनान्सको १० करोड ४ लाख र दोल्ती पावरको ९ करोड ५७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सपोर्ट माइक्रोफाइनान्स र जानकी फाइनान्सको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । दोल्ती पावको सेयरमूल्य आज ९.०९ प्रतिशत,गुराँस लघुवित्तको ८.४२ र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.९८ प्रतिशतले बढ्यो ।  

यो दिन कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यस्तै रिभर फल्सको ५.४८ र नेशनल हाईड्रोको ४.०४ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.