काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजार झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् ।
जीवन बीमा समूह ०.५७ प्रतिशत र निर्जीवन बीमा समूह ०.५० प्रतिशतले बढेको छ । आज २० बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ १.७६ प्रतिशतले बढेर ८५५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, एशियन लाइफको ०.८२ प्रतिशत, आइएमई लाइफको १.१० प्रतिशत, नेपाल लाइफको ०.६७ प्रतिशत, नेशनल लाइफको ०.४९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७९ प्रतिशत, सूर्यज्योति लाइफको ०.३७ प्रतिशत, सन नेपाल लाइफको १.४८ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.९७ प्रतिशतले सेयरभाउ बढेको छ ।
यसका साथै हिमालयन एभरेष्टको १.६१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.३५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३१ प्रतिशत, एनएलजीको १.७३ प्रतिशत, प्रभुको ०.४६ प्रतिशत, आरबीसीएलको ०.४४ प्रतिशत, सलिकोको १.२३ प्रतिशत, सानिमा जिआइसीको ०.६५ प्रतिशत, शिखरको ०.३२ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१४ प्रतिशत र युनाइटेड अजोडको ०.२२ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउनेमा भने गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.७९ प्रतिशतले घटेर १८१५ रुपैयाँ कायम भएको छ । साथै सिटिजन लाइफको ०.२१ प्रतिशत, क्रेष्ट माइक्रो लाइफाको ०.८१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२४ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.२७ प्रतिशत, हिमालयन रि को ०.२४ प्रतिशत र नेपाल रि को १.४७ प्रतिशतले घटेको छ ।

