मंगलवार, फाल्गुन ५,२०८२ 12:36:09
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 12:36:09
Bizshala
Global IME Bank Limited

एनएलजीसहित ९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एशियन लाइफ

एनएलजीसहित ९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एशियन लाइफ
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज दुईवटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये निर्जीवन बीमा समूह ०.१६ प्रतिशतले बृद्धि भएको छ भने जीवन बीमा समूह भने ०.३१ प्रतिशतले घटेको छ । आज ९ वटा बीमा कम्पनीको सेयरभाउ बढेका छन् । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.५१ प्रतिशतले बढेर १२९५ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै, एलआइसी नेपालको १.८८ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.४७ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.४१ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.३५ प्रतिशत, हिमालयन लाइफको ०.६५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.४७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३० प्रतिशत र नेशनल लाइफको ०.१५ प्रतिशतले सेयरभाउ बढेको छ । 

यसका साथै आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने कम्पनीमा भने एशियन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.१३ प्रतिशतले घटेर ६८४ रुपैयाँ कायम भएको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, शिखर इन्स्योरेन्सको १.८० प्रतिशत, नेपाल लाइफको १.६५ प्रतिशत, सानिमा जिआइसीको १.५२ प्रतिशत, सुर्यज्योति लाइफको १.२९ प्रतिशत, रिलायबल नेपाल लाइफको १.२३ प्रतिशत, सन नेपाल लाइफको १.२२ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.१६ प्रतिशत, हिमालयन रि को १.१५ प्रतिशत, युनाइटेड अजोडको १.०८ प्रतिशत, सिटिजन लाइफको ०.७८ प्रतिशत, आइएमई लाइफको ०.४१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३५ प्रतिशत, आरबीसीएलको ०.२८ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.२४ प्रतिशत र हिमायनल एभरेष्टको ०.१५ प्रतिशतले सेयरभाउ घटेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.