आईतवार, बैशाख ६,२०८३ 11:16:45
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:16:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल लाइफका सेयरधनीले सर्वाधिक कमाए

Bizshala
२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल लाइफका सेयरधनीले सर्वाधिक कमाए
Shivam Cement

काठमाण्डौ । साता कारोबारको अन्तिम दिन सेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ११ वटा समूहमा हरियाली छाएको छ भने बाँकी उपसूचक राताम्य भएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएको छ । जीवन बीमा समूह १.२९ प्रतिशत र निर्जीवन बीमा समूह १.०५ प्रतिशतले बृद्धि भएको छ । बीमा उपसूचक चम्किदा आज २१ वटा बीमा कम्पनीको सेयरमूल्य बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कमपनीको सेयरमूल्य ३.४८ प्रतिशतले बढेर ६८३ रुपैयाँ पुगेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.२१ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.०३ प्रतिशत, शिखर इन्स्योरेन्सको १.९२ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.९० प्रतिशत, आइएमई लाइफको १.८५ प्रतिशत, सानिमा जिआइसीको १.६४ प्रतिशत, नेको इन्स्योरेन्सको १.६१ प्रतिशत, नेशनल लाइफको १.५८ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १.५३ प्रतिशत, हिमालयन लाइफको १.४७ प्रतिशत, एलआइसी नेपालको १.३६ प्रतिशत, सिटिजन लाइफको १.२३ प्रतिशत र सुर्यज्योति लाइफको १.२१ प्रतिशतले बृद्धि भएको छ । 

यसका साथै राष्ट्रिय बीमा कम्पनीको ०.८५ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.८३ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको ०.४७ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.३३ प्रतिशत, ंरिलायबल नेपाल लाइफको ०.१६ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.१५ प्रतिशतले सेयरभाउ बढेको छ । आज चारवटा बीमा कम्पनीको सेयरमूल्य घटेको छ । सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने कम्पनीमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.७० प्रतिशतले घटेर ५७२.१० रुपैयाँ कायम भएको छ । यसका सासथै नेपाल इन्योरेन्सको ०.५१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.३५ प्रतिशत र सन नेपाल लाइफको ०.१९ प्रतिशतले घटेको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.